ऐतिहासीक श्री महल उकुको भगनावशेष पुननिर्माणको पर्खाइमा (फोटो फिचर)

प्रकाशित मिति : आइतवार, चैत्र ४, २०७४

लोकेन्द्र प्रशाद जोशी, दार्चुला ।

दार्चुलाको मालिकार्जुन गाउँपालीका वडा नम्बर ७ उकुमा रहेको ऐतिहासीक श्री महलको भगवनाबशेष पुन. निमार्णको पर्खाइमा रहेको छ । पूरानो दरबारको भगनावशेषको रुपमा रहेको श्री महलको उत्खनन, अध्ययन, पुन.निमार्ण केहि हुन नसक्दा ठुलो सम्भाबना बोकेको उकु क्षेत्र ओझेलमा परेको छ । श्री महल क्षेत्रमा अहिले पनि सिलालेखमा लेखिएका चट्टानहरु स्पष्ट देख्न सकिन्छ । चट्टानहरुमा सिलालेख लेखीएको छ, भने ढुगांहरु कोरेर बिभिन्न आकर्षक मुर्तीहरु बनाइएको छ ।

उकु भगनाशेषमा पाल राजा बस्ने गरेको इतिहास छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहास रहेको जानकारहरु बताउँछन् । अहिले पनि उकु क्षेत्र र उकुसँग सीमा जोडिएको भारतीय क्षेत्र अस्कोटमा पनि पालहरुको बसोबास रहेको छ । १६ औ सताब्दीतिर नाग पाल राजाले मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति सिलालेखहरु जम्मा गरेको बुढापाखाहरुको भनाइ छ । अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, सिलालेखहरु हेर्दा मन्दिर बनाउन जम्मा गरिएको कारण मन्दिर बनाइ नसकेको अवस्थामा त्यसमा क्षति भएको हुन सक्ने भनाइ पाइन्छ ।

कतुडी राजबंशको अन्त्यपछि १२ औ सताब्दीमा पाल राजाहरु अस्कोट, अजयमेरुकोट दिपालयकोट लगायतका क्षेत्रमा बसोबास गर्ने गरेको जानकारहरु बताउँछन् । पछि आएर १४ देखि १६ औ सताब्दीको अवधिमा उकु भगनाशेष क्षेत्रमा दरबार र मन्दिर बनाउन खोजिएको इतिहास भेटिने गरेको किम्बदन्ती पाइन्छ । पहिलेका मान्छेहरुले एकै रातमा महल खडा गर्न नसके त्यहि रातमा भत्काउँने सर्त अनुसार निमार्ण सम्पन्न गर्न नसकेर भत्काएको हुनसक्ने भनाइ पनि एकथरी मानिसको छ । भने अस्कोटी निराजन पाल राजाले बाहिरबाट आएर यँहा महल बनाइ बसेको तर सत्रुसंगको युद्धको क्रममा महल भत्कीएको हो भन्ने तर्कपनि पाइन्छ । तर अहिलेसम्म महल कसले बनाएको हो भन्ने एकिन इतिहास नरहेको उकुका स्थानिय हेमन्त पालले बताए ।   

बिगतदेखी पुननिमार्णकोलागी उकुबासीले बिभिन्न निकायमा माग गरेपनि ठोस पहल हुन सकेको छैन । अद्ययनको नाममा पुरातत्व बिभागको टोली महल क्षेत्रमा आएपनि सिलालेखमा लेखीएका कुराहरु पढ्न नसकेर फर्कीएका छन । अहिले मुर्तीहरु चोरी हुने, सिलालेख समेत केरमेट हुने अवस्था आएको छ । ढुगांपनि स्थानिय क्षेत्रमा पाइनेभन्दा निकै फरक प्रकारको देखीन्छ । अहिले महल क्षेत्रको चारैतिर तारजाली लगाएपनि सुरक्षीत भने छैन । स्थानियहरुले महलको ढुंगा लैजादा शान्ति नभएको भन्दै फर्काएर महल क्षेत्रमै पुर्याउँने गरेका पनि पालले जानकारी दिए ।

राजाको महल भएको कारण महल भित्र ढुकुटि वा सम्पतिपनि हुनसक्छ तर महलको उत्खनन र पुननिमार्ण हुन नसक्दा सम्पति र सम्पदाबारे बिस्तृत जानकारी हुन सकेको छैन । अद्ययन, संरक्षण र प्रचारप्रसारको अभाबमा महल ओझेलमा पर्दैगएको चिन्ता स्थानियहरुको छ । महलको संरक्षण गर्न सकिए आन्तरकि र बाह्य पर्यटक प्रसस्त मात्रामा भित्रिने सम्भाबना रहेको जिल्ला समन्वय समिति दार्चुलाका संयोजक करबिर बहादुर कार्की बताउँनुहुन्छ ।

स्थानिय सरकारदेखी नेपाल सरकारले महलको पुननिमार्ण र संरक्षणमा ध्यान दिनुपर्ने स्थानिय रतन सिह महरले बताए । अहिले महलक्षेत्रको अवलोकन गर्न आन्तरीक पर्यटक आउँनेगरेका छन । प्रचारप्रसारको माध्यमबाट सो क्षेत्रको महत्वलाइ झल्काउन सक्ने हो भने पर्यटकहरु आकर्षण गर्न समेत सहज हुने स्थानीयको भनाई छ ।