यातायात कार्यालयमा मूख्यमन्त्री भट्टको छड्केः कार्यालय प्रमुख रातोपिरो, सेवाग्रहीको भागाभाग

प्रकाशित मिति : सोमवार, चैत्र ५, २०७४

धनगढी । प्रदेश ७ का मूख्यमन्त्री त्रिलोचन भट्टले आज कैलालीस्थित यातायात्रको कार्यालयमा छड्के अनुगमन गरेका छन् । यातायात्र ब्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको जनगुनासो बढेपछि मूख्यमन्त्री भट्टले यातायातको कार्यालयमा बिहान ११ बजे छड्के अनुगमन गर्नु भएको हो ।

लाईसेन्स परिक्षाका लागि फारम भर्न सेवाग्राहीहरु लाईनमा बसी रहेकै बेला मूख्यमन्त्री भट्ट एक्कासी अनुगमनमा पुगेर यातायातका कर्मचारीलाई सोधपुछ गर्न थालेपछि कर्मचारीहरु अचम्ममा मात्र परेनन रातोपिरो अनुहारमा एकलेअर्कोलाई हेरेर जवाफ दिदै थिए । मूख्यमन्त्री भट्ट कार्यालयमा पुग्दा यातायात कार्यालयमा सेवाग्राहीहरुको निकै ठूलो भिड थियो भने सेवाग्राहीहरु तीन लाईनमा बसेर लिखित परिक्षाको फाराम बुझाई रहेका थिए ।

मूख्यमन्त्री भट्टले लाईनमा बसेका सेवाग्राहीसंग कार्यालयले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी लिएका थिए । सेवाग्राहीहरुले मन्त्रीको जवाफमा सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको बताएका थिए ।

सेवाग्राहीसंगको कुराकानीपछि मूख्यमन्त्री भट्ट लेखा शाखा र कार्यालय प्रमुखको कार्यकक्षमा पगेका थिए । मूख्यमन्त्री भट्ट कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा कार्यालय प्रमुख र सेवाग्राहीहरु ढोका बन्द गरेर कुराकानी गरी रहेका थिए ।

मूख्यमन्त्रीका प्रेस सहयोग मिलन परियारले प्रमुखको ढोका खोलेर मूख्यमन्त्री भट्ट भित्र पस्दा कार्यालय प्रमुख कृष्ण प्रसाद भुषाल र अन्य तीन जना सेवाग्राही अचम्ममा परेका थिए । तीन जना सेवाग्राही खुसुक्क बाहिरीए ।

कार्यालय प्रमुख रातोपिरो बनेका थिए । सेवाग्राही र कार्यलय प्रमुखले गोप्य वार्ता गर्नु शंकास्पद मानिएको छ । गोप्य कुराकानीबारे कार्यलय प्रमुखले केहि बताएनन् । उनलेआफुहरुले दिने सेवा सुबिधामा कुनै कमी नरहेको जानकारी गराए। Khabardabali