प्रदेश ७ का पहाडि जिल्लाहरुमा बिसु पर्वको रौनकता, सिस्नु खेलेर बिशुपर्ब मनाइँदै

प्रकाशित मिति : शनिबार, बैशाख १, २०७५

लोकेन्द्र प्रशाद जोशी, बैसाख १, दार्चुला ।

दार्चुला लगायत शुदुरपहाडका स्थानियबासिन्दाहरुले नयाँ वर्षको पहिलो दिन धुमधामका साथ बिसु पर्व मनाइरहेका छन् । दार्चुला सहित प्रदेश नम्बर ७ का दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ्ग, अछाम, बाजुरा तथा डोटीका स्थानीयबासिन्दाहरुले नयाँ वर्षको पहिलो दिन बिहानैदेखि सिस्नु लगाउदै बिसु पर्व मनाइरहेका हुन ।

बिशेषगरी देवर भाउजु, नन्द भाउजू, साली भिनाजु र फुपु सालीहरुका बिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व दार्चुलाका गाउँगाउँमा मनाउदै छ । वैसाख १ गतेका दिन सबैले सिस्नु पानी लगाएमा वर्ष भरि कुनै रोग ब्याधि नलाग्ने विश्वास अनुसार एक आपसमा सिस्नु लगाउने चलन रहेको पाइन्छ ।

बिभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा जंगली जनावरहरुबाट हुने आक्रमणबाट बच्ने बिश्वास रहेको छ । एकअर्कोमा सिस्नु लगायो भने सबै बिषहरु नस्ट हुन्छ भन्ने जनविश्वास रहेको छ । नयाँ बर्षमा कसैलाई रोग नलागोस सबै बिषहरु नष्ट होस भनेर बिसुलोणा चलाउने चलन रहेको जनविश्वास पाइन्छ ।

नयाँ वर्षलाई बिषु पर्वका रुपमा धुमधामसँग मनाउन सुदूरपश्चिमभर चहल पहल बढेको छ । घर लिपपोत, रंग रोेगन गरिएका छन । साथै कामको शिलशिलामा घर बाहिर रहेका आफन्तजन घर फर्किदा बिषु पर्वको रौनकता गाउँगाउँमा छाएको हो । बिषु पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न शक्ति पिठहरुमा पुजाआजा गरिन्छ । धार्मिक आस्थाले पनि यो समयमा घरबाहिर रहेका धेरै सुदूरपश्चिमेली घर फर्किएका छन् ।

दार्चुलाको मार्मा, नौगाड र अपी हिमाल गाउँपालीकाहरुमा बिषु पर्बका अवसरमा जात्रा समेत लाग्ने गरेको छ । मार्मा क्षेत्रको महान पर्वको रुपमा रहेको विशु जात्रा आजबाट सुरु भएको छ । हरेक नँया बर्षको सुरुसँगै मनाईने यो जात्रा मार्मा क्षत्रको साविकका खार, ईयरकोट, सिप्टी, लटिनाथ, गुल्जरल गायतका क्षेत्रमा धुमधामकासाँथ बिशुजात्रा मनाईने प्रचलन रही आएको छ ।

आज विहानैबाट सबैले नुहाइ मिठामिठा खानाका परीकारहरु पकाएर खाने तथा आफ्नो छरछिमेकमा बाँड्ने र नयाँ नयाँ लुगा लगाएर साँथि भाई जमघट हुनाले पुरै बर्षभरी नै सुभ वित्ने जन विश्वास रही आएको छ । जात्रामा दामाहा बजाउँने, डेउडा खेल्ने, इष्टकुल देबताका मन्दीरहरुमा पुजाआजा गर्ने, बिभिन्न अन्न चढाउँने र एक आपसमा खुसी साटासाटगरी बिशुजात्रा मनाइदैछ । बिगत बर्षहरुकोभन्दा भक्तजनहरु तथा ब्यपारीहरुको चहलपहल बढेको छ ।

यस्तै नयाँ बर्ष २०७५ समेत एक आपसमा शुभकामना सन्देशहरु साटासाट गरेर एब. बिभिन्न औपचारीक कार्यक्रमहरुको आयोजना गरेर मनाइदै छ ।