बझाङमा एक बोर्डिङमा अध्यनरत पाँच वर्षीय बालकको रहस्यमय मृत्यु

प्रकाशित मिति : सोमवार, अशोज १, २०७५

चैनपुरमा संचालनमा आएको समता बोर्डिङ स्कुलमा अध्यनरत एक बालकको रहस्यमय रुपमा ज्यान गएको छ ।

नर्सरीमा अध्ययनरत जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का ५ वर्षीया नगीन कुँवरको रहस्यमय रुपमा ज्यान गएको हो । सोमबार विद्यालय छुट्टी भएपछि घर जाने क्रममा कक्षा कोठा भित्रै बेहोस अवस्थामा फेला परेका बोर्डिङ स्कुलका प्रध्यानाध्यापक योगीता जोशीले बताउनुभयो ।

उहाँका अनुसार बेहोस अवस्थामा कक्षा कोठामा पल्टिएका बालकलाई उपचारका लागि जिल्ला अस्पतालमा लैजादै गर्दा बीच बाटोमा नै ज्यान गएको हो । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार बालकको टाउकोको पछाडि पट्टी चोट लागेको पाइएको थियो ।

बालकसँग उहाँकै दिदी नबिना कुँवर रहेको प्रध्यानाध्यापकले बताउनु भएको छ । ‘विद्यालयको छुट्टी ३ बजेर ५ मिनेटमा हुन्थ्यो । हामीहरु र भएका शिक्षिका साथीहरु सबै बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाउँदै थियौं । घटना कसरी घट्यो भन्ने पत्तो नै लागेन । हामीहरु पनि अचम्ममा परेका छौं’, प्रध्यानाध्यापकले भन्नुभयो ।

आफूहरुले थाहा पाउने वित्तिकै अस्पतालमा नै ल्याउने क्रममा बालकको बीच बोटोमा नै ज्यान गएको हो । यता जिल्ला प्रहरी कार्यलय बझाङका अनुसार घटनाकाबारे अनुसन्धान भै रहेको बताइएकोे छ ।