जीप ठप्प, यात्रु अलपत्र (मार्कामा यात्रु, लाभ उठाउदै बसहरु)

प्रकाशित मिति : मङ्लबार, मंसिर ११, २०७५

दार्चुला । प्रहरीले जीपका पछाडीका सिटहरु हटाएसंगै जीप ब्यवसायि आन्दोलित भएका छन् । प्रहरीले बिना अनुमती जडान भएका अबैधानिक सिट हटाएसंगै केहि दिनयता जीप व्यावसायि र चालकहरुले  नियमित र तोकिएको भाडादरमा जीप चलाउँन मानेका छैनन् ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा जीप व्यावसायि सहित सरोकारवालाहरुको बैठक बसेर तोकीएको भाडादरमा जीप सञ्चालन गर्ने निर्णय भएपनि कार्यान्वयन हुन सकेको छैन् । भाडादरलाइ लत्याएर जीप चालकहरुले यात्रुहरुबाट दोब्बर तेब्बर भाडा असुलेर मात्रै जीप चलाउँने गरेको गोकुलेश्वरदेखी दार्चुला आएका यात्रु बसन्त धामीले बताउँनुभयो । यात्रुको ढाड सेक्नेगरी मनपरी भाडा असुल गरीरहेका छन, उहाँले भन्नुभयो, बुकिङमा मात्रै जीप सञ्चालन हुने भन्दै गोकुलेश्वरदेखी दार्चुलासम्मको कम्तीमा एक जना यात्रुबाट ५ सय बढी भाडा माग्ने गरेका छन् ।

५ सय भाडा तीर्न नसक्ने यात्रुले अलपत्र पर्नुको बिकल्प नरहेको धामीले बताउँनुभयो । गोकुलेश्वरका स्थानिय नबीन पार्कीका अनुसार दर्जनौ यात्रु यातायात अभाबमा अलपत्र परेको अवस्थामा समेत दिनभरी बसपार्कमा जीपहरु लाइन लाएर राखीएको छ, तर नियमित भाडादरमा यात्रु बोक्नै मानिरहेका छैनन् । जीपको अगाडी र बिचमा गरी ६ जनासम्म यात्रु बोकेर समेत कम्तीमा ५ सय रुपैया भाडा माग्ने गरीएको छ । प्रहरीले नियमको पालना गराउँने सकारात्मक कदम चालेपनि यात्रुहरुको समस्या समाधान नहुदा यात्रु मर्कामा परेको नरेन्द्र जोशीले बताउँनुभयो ।

गाडी नपाएर गोकुलेश्वर, पस्ती, दत्तु, बंगाबगर, दल्लेख लगायतका थुप्रै स्थानमा दर्जनौ यात्रु अलपत्र परेका छन् । बुकिङको बाहानामा यात्रुहरुबाट जीप सञ्चालकहरुले दार्चुलादेखी गोकुलेश्वरसम्मको ५ हजार बढी र लटिनाथ सम्मको ७ हजार भाडा माग्ने गरेको मार्माका स्थानिय छन्चरा महताले बताउँनुभयो ।
आइतबार मात्रै जिल्ला प्रशसन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले दार्चुलादेखी गोकुलेश्वरसम्म सञ्चालन हुने जीपहरुको टाइम कार्ड लागु गर्ने, तोकीएको भन्दा बढी भाडा नमाग्ने निर्णय गरेको थियो । यस्तै जीप व्यावसायिहरुको समस्या समाधान गर्न एक महिनासम्म सबै जीपहरु प्रालिमा दर्ता भएर सिट क्षमता यातायात ब्यवस्था बिभागबाट थप गरीसक्नुपर्ने समयसिमा दिइएको थियो ।

यातायात व्यावसायि र जीप चालकहरु सहित सरोकारवालाहरुको बैठकले तत्काल भाडा नबढाउँने र चालक र यातायात ब्यावसायीहरु नियम अनुसार चल्नुपर्ने निर्णय गरेपनि कार्यान्वयन नहुदा यात्रुहरु मार्कामा परेका छन् ।

उता जीपहरु कम चलेसंगै बसहरुले फाइदा उठाइरहेका छन् । घन्टाै पर्खेर बसेका दर्जनाै यात्रुहरु बाेकेर बसहरु अाेभरलाेड चल्ने गरेका छन् । जीप ब्यवसायिहरुले हामीले पछाडी यात्रु बाेक्दा दुर्घटना हुने बसमा सिट क्षमताभन्दा दर्जनाै बढी यात्रु बाेक्दा समेत किन दुर्घटना नहुने भन्दै प्रश्न गरेपनि प्रशासनकाे अाखा र कान पुगेकाे देखीदैन । यात्रुहरुकाे गन्तब्यमा पुग्नैपर्ने बाध्यता छ ….. …. ……!

तस्बिर :नबिन पार्कीकाे फेसबुकबाट।