शंकधारा जुस उत्पादन सम्बन्धी तीन दिने तालीम

प्रकाशित मिति : बुधबार, मंसिर १२, २०७५

दार्चुला । अपिहिमाल गाउँपालिकामा शंकधारा जुस उत्पादन सम्बन्धी तीन दिने तालीम सम्पन्न भएको छ । शंकधारा जुस उत्पादन क्षेत्रका बिशेषज्ञ प्रशिक्षकहरुको उपस्थितिमा गाउँपालिका भित्र शंकधारा जुस उत्पादनको सम्भाबना भएका ठाउँबाट स्थानियको उपस्थितिमा तालिम सञ्चालन भएको हो ।
गाउँपालिकाको वडा नम्बर १, २, ३ र वडा नम्बर ४ को केहि भागमा शंकधारा जुस उत्पादनको राम्रो सम्भाबना रहेकोले स्थानियको क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरीएको अपिहिमाल उद्योग बाणिज्य संघ अध्यक्ष पोखर सिह रोकायाले जानकारी दिनुभयो । स्थानिय स्तरमा एक सय रुपैया मूल्य प्रति बोतलका हिसाबले जुस बिक्रिबितरण हुनेगरेपनि बाहिर पैठारी गर्नुपर्दा २ देखी अढाइसय रुपैया प्रति गिलास पर्ने गरेको रोकायाले बताउँनुभयो ।
मानब स्वास्थ्यकालागी निकै फाइदाजनक मानिने शंकधारा जुस ब्यावसायिक रुपमा उत्पादन गर्न सके स्वरोजगारीको राम्रो सम्भाबना रहेको छ । गाउँपालिकाभित्र आउँने पर्यटक र आगन्तुकहरुलाइ समेत जुस दिन सके ब्यवसाय राम्रो फस्टाउने अध्यक्ष रोकायाले बताउँनुभयो ।