मोवाइल एप सम्बन्धि दुई दिने तालिम

प्रकाशित मिति : बुधबार, मंसिर १२, २०७५

दार्चुला । विपत जोखिम न्यूनिकरण गर्न पुर्व तयारीका लागि दार्चुलामा मोर्वाइल सफ्टवयर सम्बन्धी दुई दिने तालीम सम्पन्न भएको छ । मोर्वाइल सफ्टवयरको माध्यमबाट सहि सुचना संकलनका लागि जिल्लाका सबै स्थानिय तहका सूचना अधिकारीहरुलाइ तालिम दिइएको हो ।
जिल्ला आपतकालिन सञ्चालन केन्द्र दार्चुला तथा नेपाल रेडक्रस सोसाईटी दार्चुला शाखाको आयोजनामा तालीम सञ्चालन भएको हो । तालिममा मोवाईल सफ्टवयरका माध्यमबाट छिटो छरितो जानकारी कसरी प्रवाह गर्ने भन्ने बिषयमा प्रशिक्षण भएको छ ।
दार्चुला जिल्ला भुकम्प लगायत प्राकृतिक बिपद्को उच्च जोखीममा रहेकाले बिपत न्युनिकरणका लागि मोवाईल सफ्टवयरले सहयोग गर्ने अपेक्षा गरीएको छ ।