मालिकले गाडी चलाउँदा दुर्घटना बढ्दै, बिहिबार बंगाबगरमा जीप पल्टियो

प्रकाशित मिति : बिहिबार, मंसिर १३, २०७५

दार्चुला । दार्चुला जिल्लामा पछिल्लो समय चालकको राम्रो अनुभब नभएका मालिकले नै गाडी चलाउँन थालेपछि दुर्घटना हुने क्रम बढेको छ । मंसीर ७ गते बिहान मालिकार्जुनमा मालिकले चलाएकै कारण मिनि बस दुर्घटना हुदा ठुलो क्षति भएको छ । दुर्घटनामा परि २ जनाले अकालमै ज्यान गुमाएका छन् । साथै घाइते १८ जनामध्ये ६ जना गम्भीर घाइते नेपालगञ्ज र काठमाण्डौको बिभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
गाडी नै क्षतबिक्षत हुने गरी मालिकार्जुनमा दुर्घटना भएको एक साता नबित्दै मालिकले चलाएकै कारण बंगाबगरमा जीप पल्टीएको छ । बिहिबार दिउँसो म १ ज १३८ नम्बरको जीप लास्कुपुल नजिक सडकमा पल्टीएको हो ।
जीपधनी बिरसिह कुवँरका छोरा दिपेश कुवँरले जीप चलाउँदा सडकमै पल्टीएको हो । जीपमा कोहिपनि यात्रु नभएको कारण मानबिय क्षति हुन बाट जोगीएको छ । कच्ची र जोखीमयुक्त सडकमा जीपधनीले नै जीप चलाउदा दुर्घटना हुनु गम्भीर बिषय हो । अहिले जीप सहित मालिकलाइ जिल्ला प्रहरी कार्यालय दार्चुलाले नियन्त्रणमा लिएको छ ।