नेकपाको सुदूरपश्चिम प्रदेश कमिटि १८३ सदस्यिय, दार्चुलाबाट १२ परे (नामावलीसहित)

प्रकाशित मिति : बिहिबार, मंसिर १३, २०७५

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश सदस्यहरुको टुगों लगाएसंगै सुदूरपश्चिम प्रदेश कमिटिमा दार्चुलाबाट १२ जनाले स्थान पाएका छन् । नेकपाका अनुसार सुदूरपश्चिम प्रदेश कमिटिमा तत्कालिन नेकपा एमाले जिल्ला अध्यक्ष रामदत्त जोशीसहित ४ जना र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मानवहादुर धामी सहित ८ जना गरी दार्चुलाबाट १२ जना नेताहरुले प्रदेश कमिटिमा स्थान पाएका हुन् ।
पूर्ब एमालेबाट तत्कालिन जिल्ला अध्यक्ष रामदत्त जोशी, दुर्गा देबी धामी, हरदेव जोशी र काशी राम ओड प्रदेश कमिटी सदस्यको सुचिमा अटाएका छन् । भने माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य मानवहादुर धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, करन कार्की, लालवहादुर विक, रामदत्त जोशी, लक्ष्मी विक, भगतसिह ठेकरे र दिपक जोशी प्रदेश कमिटी सदस्यको सुचिमा छन् ।
नेकपाले यसअघि प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज, सहइञ्चार्ज तोकिसकेको छ । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटिको ईन्चार्जमा अछामका भिम रावल, सहइन्चार्जमा दार्चुला गृह जिल्ला भएका लक्ष्मण दत्त जोशी, अध्यक्षमा बाजुराका कर्णबहादुर थापा र सचिबमा कैलालीका नेप बहादुर थारु रहेका छन् ।
१ सय ८३ सदस्यीय प्रदेश कमिटीमा ६१ जनाको सचिवालय र ९ जनाको कार्यालय टीम रहनेछ । तत्कालीन नेकपा एमालेबाट १०० जना र माओबादी केन्द्रबाट ८३ जना प्रदेश कमिटिमा अटाएका छन् । दार्चुलाबाट प्रतिनिधित्व गर्ने नेताहरु मानवहादुर धामी सन्तोष र तत्कालिन एमाले जिल्ला अध्यक्ष रामदत्त जोशी प्रदेश कमिटीको सचिवालयमा रहने निश्चित छ ।
केन्द्रीय सदस्यहरुलाई प्रदेश कमिटीमा समेत दोहोरो जिम्मेवारी नदिइए दुबैजना ९ जनाको कार्यालय टीममा समेत रहने सम्भावना रहेको नेकपाका एक नेताले बताएका छन् । यद्यपि नेकपा केन्द्रीय सदस्य रहेको नेताहरु प्रदेश कमिटीको भूमिकाका लागि समेत इच्छुक भएकाले केन्द्रीय सदस्यहरु प्रदेश कार्यालय टीममा बस्ने सम्भावना रहेमा सचिवालसम्म चित्त बुझाउँनुपर्ने अवस्था आउनसक्ने बुझिएको छ ।

नामावली राताेपाटीबाट साभार