निर्मलाको हत्यारा सरकारले काखी च्याप्याे : डा‍. संग्रौला

प्रकाशित मिति : बिहिबार, मंसिर १३, २०७५

दार्चुला । प्रतिनिधिसभा सदस्य तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँनुभएको छ । नेपाल प्रेश युनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघकी पुर्व अध्यक्षसमेत रहनुभएका सांसद संग्रौलाले बोल्दै सरकार निर्मला पन्तलाई न्याय दिने पक्षमा नरहेको आरोप लगाउनुयो ।
निर्मलालाई न्याय अभियान लिएर दार्चुला पुग्नुभएका सांसद संग्रौलाले गृहमन्त्री थापा र प्रधानमन्त्री केपी ओलीले अपराधी लुकाइरहेको बताउनुभयो । निर्मलाको न्यायको लागि दार्चुलाका जनताले पनि आवाज उठाउनुपर्छ, अहिले यहाँका नागरिकले आवाज उठाएनौ भने हजारौ बालिका, नारीले यस्तै अवस्था भोग्नुपर्ने छ, उहाँले भन्नुभयो, नारी सशक्तिकरणकालागी निर्मला पन्त न्याय दिलाउ अभियान लिएर यहाँ आएका छौ ।
सुदूरपश्चिमका सबै जिल्लामा पुगेर अभियानमा साथ दिन आग्रह गरिएको छ । हाम्रो अन्तिम मिसन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी गएर मुख्यमन्त्रीको समेत ध्यानआकर्षण गराएपछि पुरा हुने उहाँले बताउँनुभयो ।
निर्मलाको हत्यारा पत्ता नलागे एकमिनेट पनि सरकारमा बस्दिन भन्ने गृहमन्त्री स्वयंमले निर्मलाका हत्यारालाई काखि च्यापेको कारण घट्ना रहस्यमयी बनेको उहाँले बताउनुभयो । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर काग्रेसले राजनीतिकरण गर्न नखोजेको उहाँले दाबी गर्नुभर्नुभयो । जनताबाट प्रहरी आलोचित हुँदा पनि घट्ना पत्ता लगाउन नसक्नुमा सरकारको संरक्षण छ भन्ने कुरा स्पष्ट हुने उहाँको आरोप छ । प्रहरीले नक्कली अपराधी खडा गर्ने, अपराधका सबुतहरु सबै मेटाउने शवको मुचुल्कमा नक्कली हस्ताक्षर गराएर घट्ना ढाकछोपन गर्न खोजेको संग्रौलाको भनाइ छ ।