कैलालीमा छोराले गरे आफ्नै बाबु र ठूलो बाबुको हत्या, आमा गम्भीर घाइते

प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

कैलाली, १८ मंसिर । कैलालीमा एक छोराले आफ्नै बाबु र ठूलो बाबुको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिकामा छोराले आफ्ना बुवा र ठुलोबुवाको हत्या गरेका हुन् । आमा भने घाइते भएकी छन् ।

लम्कीचुहा नगरपालिका-४ बलिया गाउँका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठूलोबुवा पल्टु थारुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आमा द्धिलबाहादी देवी चौधरी घाइते भएकी छन् । टाउको र बायाँ कानमा चोट लागेकी उनको लालरत्न अस्पताल लम्की मै उपचार भइरहेको छ ।

आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दै जहरीलालले बुवा, ठुलोबुवा र आमालाई घरभित्रै थुनेर कुटपिट गरेका थिए । जहरिलाललाई प्रहरीले पक्राउ गरिसकेका छ ।