दुहु महोत्सव शनिबारदेखी, स्थानीय कलाकारलाइ उपेक्षा

प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

दार्चुला । दार्चुलाको दुहु गाँउपालिकामा पहिलो पटक शनिबार अर्थात २२ गतेदेखी २५ गतेसम्म प्रथम दुहु महोत्सव २०७५ सञ्चालन हुने भएको छ । कला कृषि पर्यटन दुहु बासीको सम्पती, शान्ती सद्भाव एकता समृद्धी र प्रगति भन्ने आदर्श वाक्यकासाथ शनिबारदेखी महोत्सब शुरु हुन लागेको हो ।
महोत्सब सञ्चालन हुने भएपछि आबश्यक तयारी पुरा भइसकेको आयोजक दुहु गाउँपालिकाले जनाएको छ । दुहु क्षेत्रका सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने र पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले बताएको छ । यद्धपी लाखौ खर्चेर बाहिरबाट कलाकार बोलाएर महोत्सब खर्चीलो बनाइएको तर जिल्लाका प्रतिभा र कलाकारहरुलाइ स्थान नदिएको भन्दै आलोचनाका स्वरहरु समेत सुनिन थालेका छन् । जिल्लाबाहिरका कालाकार हजारौ तिरेर बोलाउँनुभन्दा स्थानीय कला संस्कृतिको जर्गेना गर्ने कार्यक्रममा जिल्लाभित्रका कलाकारलाइ स्थान दिनुपर्नेमा उपेक्षा गरीएको समाजिक सञ्जालमार्फत रोहण सिहले गुनासो गरेका छन् ।
महोत्सबमा कलाकारहरु, महेश औजी, सुरेश शाही, रेखा जोशी लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।