नेपाल पत्रकार महासंघ दार्चुला शाखाको चौथो साधारण सभा सम्पन्न

प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

दार्चुला । नेपाल पत्रकार महासंघ दार्चुला शाखाको चौथो साधारण सभा शुक्रबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकरसिह धामीको अध्यक्षता एवं सुदुरपश्चिम प्रदेश सभा उपसभामुख निर्मला बडाल जोशीको प्रमुख आतिथ्यतामा जिल्ला सदरमुकाम खलंगामा साधारण सभा सम्पन्न भएको हो ।
साधारणसभा उद्घाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, जिल्ला समन्वय समिति दार्चुलाका उपप्रमुख कृष्णसिह धामी, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष अर्जुन शाह, दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
राजनीतिक दलका प्रमुख एबं प्रतिनिधि, बिभिन्न कार्यालय प्रमुख, पत्रकार महासंघ सूदूरपश्चिम प्रदेश समिति पदाधीकारीहरु जिल्ला स्थित पत्रकारहरुको सहभागिता रहेको साधारण सभामा पत्रकारहरुको पेशागत बिकास र संगठन सुदृढिकरणका बिषयमा छलफल भएको छ ।
साधारणसभा कार्यक्रममा दार्चुलाको पत्रकारीता क्षेत्रको बिगत र बार्षिक प्रगती प्रतिबेदन पत्रकार महासंघ दार्चुला शाखाका सचिव कृष्णसिह धामीले प्रस्तुत गर्नुभएको थियो । यस्तै सह सचिव मनोज बडुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्रसिह धामीले स्वागत मन्तव्य राख्नुभएको थियो ।