सक्रिय र प्रभावकारी पत्रकारिता अाजकाे अावश्यकता

प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

दार्चुला । पत्रकार महासंघ दार्चुला शाखाको चौथो साधारण सभाको उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्ने अतिथि वक्ताहरुले पत्रकारिता क्षेत्रको सक्रियता र प्रभाबकारीतामा जोड दिएका छन् । दार्चुला जिल्ला भगौलीक रुपमा बिकट र सामरीक महत्तका हिसाबले बिकट जिल्लामा पत्रकारीता गर्नु जोखीमपुर्ण रहेकाले सचेतनापुर्बक सक्रिर्यताको आबश्यकता रहेकोमा वक्ताहरुले जोड दिएका हुन् ।
नेकपा नेता ज्ञानेन्द्र घर्तीले कालापानी लगायत अन्तरराष्ट्यि सम्बन्ध र सिमाका बिषयलाइ नया ढंगले सिहदरवारसम्म पुर्याउँनुपर्ने आबश्यकता रहेकोमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले सार्बजनिक महत्त र अन्तरराष्ट्यि सम्बन्धका बिषयहरुलाइ परिपक्क भइसकेपछि मिडियामा ल्याउन आग्रह गनुभयो । जिल्ला समन्वय समिति उपप्रमुख कृष्णसिह धामीले पत्रकारीताले असमाजिक गतिबिधि, ढिलासुस्ती, अनियमितताका बिरुद्धमा खबरदारी गर्नुपर्ने बताउँनुभयो ।
पत्रकार महासंघ सूदुरपश्चिम प्रदेश समिति अध्यक्ष अर्जुन शाहले स्थानिय तहहरुमा देखीएको बेथितिका बिरुद्धमा आवाज उठाउनु र कलम चलाउनुपर्ने समय आएको बताउँनुभयो । राजनीतिक दल र जनप्रतिनिधिहरुरुले उत्तरदायित्त बिर्षिन थालेको अवस्थामा खबरदारी गर्ने र सकारात्मक र नकारात्मक दुबै खालका कुराहरुलाइ सञ्चारमाध्यममा सार्बजनिक गर्नुपर्नेमा जोड दिनुभयो । गल्तीको ढाकथोपमा संरक्षक बन्ने अर्थात साक्षी बन्ने दुस्साहस नगर्न उहाँको सुझाब छ ।
यस्तै प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले चुनाबको बेला जनतासामु गरेका बाचा र जनअपेक्षा अनुसार काम हुन नसकेको स्विकार गर्दै आबश्यक ऐन कानुनहरु निर्माण भइसकेपछि बिकास निर्माणले गति पाउँने बिस्वास ब्यक्त गर्नुभयो । जिल्लामा थुप्रै समस्या र आबश्यकता रहेको उल्लेख गर्दै उहाँले समाधानकालागी प्रयास भइरहेको जानकारी दिनुभयो ।

सूदुरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला जोशीले पत्रकारीता क्षेत्रको आर्थिक, भौतीक लगायत पेशागत सुरक्षाकालागी प्रदेश सभाको तर्फबाट गर्न सकिने सम्पुर्ण कानुनी र नितिगत कुराहरुमा आफ्नो सकारात्मक सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अनुगमन निरिक्षणमा सहभागि हुदा पत्रकारहरुले योजनाहरुको गुणस्तरमा ध्यान दिनुपर्ने उहाँको सुझाब छ । यस्तै जनप्रतिनिधिहरुका नकारात्मक पक्षका साथै सकारात्मक पक्ष समेत सञ्चारमाध्यममा उजागर गर्न अनुरोध गर्नुभएको छ । कानुनी राज्य स्थापना गर्नकोलागी सबै क्षेत्रको सकारात्मक सहयोग आबश्यक रहेकोमा उपसभामुख जोशीले जोड दिनुभएको छ ।

कार्यक्रमको समापन गर्दै पत्रकार महासंघ दार्चुला शाखा अध्यक्ष शंकरसिह धामीले पत्रकारिता क्षेत्रमा बिगतको भन्दा संख्यात्मक रुपमा निकै सुधार भइसकेकोले गुणात्मक सुधार आबश्यक रहेको बताउँनुभयो । साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने र सहभागिता जनाउँने सबैलाइ उहाँले आभार ब्यक्त गर्नुभएको थियो ।