पर्यटन प्रर्बद्धनकालागी सञ्चारकर्मिहरुको भुमिका

प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

दार्चुला । पर्यटन प्रर्बद्धनकालागी सञ्चारकर्मिहरुको भुमिका बिषयक अन्तरक्रिर्या कार्यक्रम दार्चुला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । सूदुरपश्चिम प्रदेश उद्योग बन वातावरण तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग तथा पत्रकार महासंघ दार्चुला शाखाको समन्वय र पत्रकार महासंघ प्रदेश समितिको आयोजनामा अन्तरक्रिर्या सम्पन्न भएको हो ।

पत्रकार महासंघ दार्चुला शाखा अध्यक्ष शंकर सिह धामीको अध्यक्षता एबं प्रदेश समिति अध्यक्ष अर्जुन शाहको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पर्यटन पत्रकार महासंघ प्रदेश महासचिब कृष्णसिह धामीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
दार्चुलाको पर्यटन क्षेत्रको बिकास र प्रचारप्रसार गर्नकोलागी पत्रकारहरुको तर्फबाट गर्न सकिने सहयोग र सम्भाबनाहरुको बिषयमा अन्तरक्रिर्या भएको हो । छलफलका क्रममा बिगत २५ बर्षदेखी बन्द रहेको गोकुलेश्वर बिमानस्थल सुचारु गर्न पहल गर्नुपर्ने र जिल्लाका समग्र पर्यटकिय क्षेत्र र महत्तका बारेमा प्रचारप्रसारमा जोड दिने निष्कर्ष आएको पत्रकार महासंघ प्रदेश सचिब प्रेम चुनाराले जानकारी दिनुभयो ।