फोहोर सडकमा, नगर भ्रमणमा

प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

दार्चुला । जिल्ला सदरमुकास्थित महाकाली नगरपालीकाले फोहोर ब्यवस्थापन केन्द्रको निर्माण गर्न नसक्दा जिल्ला सदरमुकामको चोकचोकमा फोहोर जलाउने काम भइरहेको छ । बिहान उठेको फोहोर सडकमै जलाउने र बाकी फोहोर नगरपालिकाको साबिकको भवनमा थुपारिएको छ ।
जिल्लाकै सबैभन्दा पुरानो नगरपालिकाको रुपमा स्थापना भएको ४ बर्ष बितेपनि हालसम्म फोहोर फाल्ने ठाउँको उचित ब्यवस्थापन गर्न नसक्दा पटकपटक फोहोरको बिषयमा आलोचना हुने गरेको छ । किम्तडी, धाप लगायतको बिभिन्न क्षेत्रमा लामो समय फोहोर फालीएपनि स्थानियको बिरोधपछि सदरमुकाम खलंगामै वातावरणीय प्रदुषणको ख्यालै नगरी बिहान बिहान फोहोर जलाउने काम भइरहेको छ । साथै बिगतमा नगरपालिका सञ्चालन भएको भवनमै फोहोर थुपारीएपछि अन्त ठाउँ नपाएर कार्यालयमै डम्पीङ साइड बनाएको भनेर समेत आलोचना भइरहेको छ ।
महाकाली नगरपालीकाको कार्यालय निजामती कर्मचारी आवास गृहमा सरेपछि नगरपालीकाको पुरानो भवन प्रयोग बिहिन हुदा फोहोर जम्मा गर्ने ठाउका रुपमा परिणत भएको जनगुनासो छ । स्थानिय तहमा जनप्रतिनिधि आएर स्थानिय सरकारको रुपमा नगरपालिका सञ्चालन हुदा समेत फोहोरको ब्यवस्थापन नहुदा बजार क्षेत्रमा समस्या उत्पन्न भएको हो ।

यसैबिच डम्पीङ साइडको अवलोकन भ्रमण गर्नकोलागी नगर प्रमुख हंशराज भट्ट नेतृत्वको टोली वालीङ हुदै धनकुटा गएको छ । नमुनाको रुपमा सञ्चालन भएको फोहोर ब्यवस्थापन केन्द्रको सिको गरेर सोहि अनुसार नगर क्षेत्रमा फोहोर फाल्ने केन्द्र निर्माण गर्ने उदेश्यले नगरप्रमुख सहित बिभिन्न वडाका वडाअध्यक्षहरु, स्थानिय, कर्मचारी लगायतको टोली एक साता यता भ्रमणमा रहेको छ । डम्पीङ साइडको भ्रमण गर्नकोलागी ६ लाख बजेट बिनियोजन गरएिको नगरपालिकाले जनाएको छ ।

तस्बिर : पत्रकार नरेन्द्र कार्कीकाे ट्विटरबाट