रवि अाेड नेपाल आइडलको ‘टप ४’ मा

प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

दार्चुला । चर्चित गायन रियालिटी शो नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रवि ओड उत्कृष्ट ४ मा पुग्न सफल का छन् ।

विक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठकसंगै रवि अाेड नेपाल आइडलको उत्कृष्ट ४ मा स्थान बनाउन सफल भएका हुन् ।

बिहिबार सम्पन्न अन्तिम ५ को प्रतिस्पर्धामा कम भोट पाउँदै यो साता आइडलबाट अमित बराल बाहिरिएका छन्।