दार्चुला महोत्सब २०७५ को तयारी र आकर्षणहरु (बिस्तृतमा)

प्रकाशित मिति : बुधबार, पुस २५, २०७५

सुदूर समाचार, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा सञ्चालन हुने सूदुरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को तयारी भइरहेको छ । महोत्सब सञ्चालन गर्नकालागि उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्नाको अध्यक्षतामा सरोकारवाला सम्मेलित १ सय ५ सदस्यिय मूल आयोजक समिति गठन गरिएको छ । यस्तै संघिय सांसदद्धय गणेश सिह ठगुन्ना र दिलेन्द्र प्रसाद बडू, प्रदेशसभा उपसभामुख निर्मला जोशी, प्रदेश सासंद गेल्बुसिह बोहरा, मानबहादुर धामी र नन्दा बम, जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, उपप्रमुख कृष्ण सिह धामी र जिल्लास्थित ९ ओटै स्थानीय तहका प्रमुख, अध्यक्षहरुलाइ सल्लाहकार चयन गरिएको छ ।

“अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको शाख” भन्ने मूल नाराका साथ अगामी माघ २५ गतेदेखी फागुन ५ गतेसम्म दार्चुला महोत्सव २०७५ लगाउने गरी तयारी भइरहेको हो ।

महोत्सबमा आफ्नो ब्यापार ब्यवसायको प्रबद्र्धन गर्नकोलागी स्टल राख्न चाहानेकालागी पुष १५ गतेदेखी नै स्टल बुकिङ खुला गरीएको आयोजक उद्योग बाणिज्य संघ दार्चुलाले जनाएको छ । अगामी माघ २० गतेसम्म उद्योग बाणिज्य संघ दार्चुलाको कार्यालयमा सम्पर्क गरी कुनैपनि संघ संस्था, कम्पनी, फर्म र उद्योगी ब्यावसायिहरुले स्टल बुकिङ गर्न सक्ने उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्नाले जानकारी दिनुभयो ।
मेला महोत्सबबाट स्थानीय उद्यमी, व्यवसायी, सहभागि गराएर व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष ठगुन्नाको भनाई छ । दुई बर्ष पहिले सञ्चालन भएको महोत्सबमा १ सय १ स्टल राखीएकोमा यो बर्ष ५० स्टल थप गरेर १ सय ५१ स्टल राख्ने तयारी गरीएको छ । १० दिनसम्म सञ्चालन हुने महोत्सबको स्थानिय देखी प्रादेशीक र राष्ट्रिय कलाकारहरुको समेत सहभागिता एबं प्रस्तुती गराइने आयोजकले जनाएको छ ।

महोत्सबमा सौका जातीको मौलीक संस्कृति भेषभुसाको प्रदर्शन, दार्चुलाको दुहु, मार्मा, मल्देश, लेकम र ब्यास क्षेत्रको मौलीक भेषभुसा र संस्कृतिको प्रदर्शनी, मौलिक खानाका परिकारहरुको बिक्रि तथा प्रदर्शनी, पशु तथा बाख्रा पालको प्रदर्शनी, कृर्षि जन्य बस्तुहरुको प्रतियोगितात्मक प्रदर्शन गराइने छ ।

हरेक दिन राष्ट्यि ख्याती प्राप्त कलाकारहरुद्धारा गीत, नृत्य र हास्य ब्यग्य सहितको सास्कृतिक प्रदर्शनी, स्थानीय कलाकारहरुद्धारा सास्कृतिक प्रदर्शनी गराइने छ । यस्तै दार्चुला जिल्लाका बिभिन्न क्षेत्रको एकल नृत्य तथा गायन प्रतियोगिता, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा बिबिध मनोरञ्जनात्मक कार्यक्रम, निशुल्क उपचार सिबिर, शैक्षिक, धार्मीक तथा अन्य पुस्तक बिक्रि एबं अशक्तहरुलाइ निशुल्क स्थान प्रदान गरीने, जिल्लाको स्थानीय उत्पादनको प्रदर्शनी, प्रचारप्रसार, उपभोग र प्रबद्र्धन गर्ने, स्थानीय उद्यमी, ब्यावसायि र सेवा प्रदायकहरुको सहभागितामा बस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रबद्र्धन, बिशेष सहुलियत सहित सामानहरुको बिक्रि बितरण र प्रदर्शनी गराइने आयोजकले जनाएको छ ।
यस्तै कुमावनी कलाकारहरुको गीत संगीत प्रस्तुती, दार्चुलाको ऐतीहासीक, धार्मीक र सास्कृतिक सम्पदाहरुको फोटो प्रदर्शनी, पर्यटकिय स्थलहरुको बिस्तृत जानकारी र दार्चुला जिल्लामा परम्पारागत रुपमा बजाइने सबैभन्दा ठुलो बाजा बाइस धार्नीको दामाहा प्रदर्शन समेत गरीने अध्यक्ष ठगुन्नाले बताउँनुभयो ।

उद्योग बाणिज्य संघ दार्चुला, नेपाल उद्योग बाणिज्य महासंघ आयोजक रहेको महोत्सबमा महाकाली नगरपालिका सहआयोजक र जिल्लाका अरु ८ ओटा स्थानीय तहहरु उपआयोजक रहेका छन् । यस्तै बाणिज्य मन्त्रालय, ब्यापार तथा निकासी पर्वधन केन्द्र, नेपाल पर्यटन बोर्ड, अपि नाम्पा संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय, साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना, नेपाल टेलिकम, जिल्ला बन डिभिजन कार्यालय दार्चुला, नेपाल जडिबुटी ब्यावसायि संघ शाखा दार्चुला पर्वधन रहेका छन् । जिल्ला समन्वय समिति दार्चुलाको को बिशेष समन्वयमा महोत्सब सञ्चालन हुन लागेको उद्योग बाणिज्य संघ दार्चुलाका महासचिब मिलन राज अवस्थीले जानकारी दिनुभयो ।

ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र रहेको साथै जलस्रोत र बहुमूल्य जडिबुडी को भन्डार रहेकोे दार्चुला जिल्लाकोे पहिचानको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सबको आयोजना गरीएको उद्योेग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिह ठगुन्नाले जानकारी दिनुभयो । व्यासी सौका समुदायको बसोबास रहेको यस क्षेत्रमा उनीहरुको संस्कृति, राष्ट्को सातौ धाम रहेको शैल्य शिखर मालिकार्जुन, उकु भगनावशेष, ब्रह्मदह, लगायत थुपै हिम ऋखंला र प्राकृतिक स्रोत साधनले भरिएको ठाउँको प्रचार प्रसारको लागि पनि महोत्सव तथा पर्यटन मेला आवश्यक रहेको भन्दै महोत्सबको तयारी गरीएको उद्योग बाणीज्य संघ दार्चुलाले जनाएको छ ।

महोत्सवबाट जिल्लाको व्यापार सम्भावनाको प्रचार प्रसार गर्न, जिल्लाभरी रहेका ऐतिहासिक पर्यटकीय तथा सांस्कृतिक धार्मिक स्थलहरुको पहिचान संरक्षण गर्न, जिल्लाको स्थानीय कषि, पशु, वन, घरेलु, उद्योग, आदीको प्रचार प्रसार तथा बजारीकरण, स्थानीय भाषा संस्कृति कला मनोरञ्जन क्षेत्रको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव एवं पर्यटन मेलाको आयोजना गरीन लागेको हो ।
महोत्सबको प्रचारप्रसारकालागी जिल्ला स्थित सम्पुर्ण रेडियो, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमका साथै राष्ट्यि टेलिभिजनसंग सम्झौता भएर प्रचारप्रसारको काम भइरहेको उद्योग बाणिज्य संघ दार्चुलाका बरिष्ठ उपाध्यक्ष मदन सिह बुढाथोकीले जानकारी दिनुभयो ।