दु:खद खबर : खेल्दाखेल्दै अस्ताए पारस

प्रकाशित मिति : शनिबार, माघ ५, २०७५

दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ८ घर भइ हाल जिल्ला सदरमुकास्थित महाकाली नगरपालिका वडा नम्बर ४, राष्ट्रिय बाणिज्य बैंक नजिक डेरामा बस्दै आएका पारस भट्टको खेल्दाखेल्दै मृत्यु भएको छ । महाकाली नगरपालिका ८ का बिसन भट्टका ८ बर्षिय छोरा पारस भट्टको छान्ना तिकंरी कन्या माबिमा साथीहरुसंग खेल्दै गर्दा मृत्यु भएको हो ।
एसिएन एकेडेमि स्कुलमा युकेजि कक्षामा पढ्ने छात्र भट्टको कन्या स्कुलमा खेल्दै गर्दा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सब पोष्टमाटमकोलागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।