धारिलो हतियार प्रहारबाट एकको मृत्यु, तीन घाइते

प्रकाशित मिति : शनिबार, माघ ५, २०७५

धनगढी । कैलालीको अत्तरियामा धारिलो हतियार प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

हतियार प्रहारबाट गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले जानकारी दिनुभयाे ।

गोदावरी–१ कै सविन कटेल, गणेश राई र राजेश नेपाली घाइते भएका छन्। घट्नाको थप विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख तिम्सिनाले जानकारी दिए। हतियार प्रहार गर्नेको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

घाइतेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।