ऐन महरलाई मडैको चेतावनी, ‘जुध्ने रहर भए हामी तयार छौँ, आउनुहोस्’

प्रकाशित मिति : शनिबार, माघ १२, २०७५

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता रिजन मडैले अखिलका महासचिव ऐन महरलाई जुध्ने रहर भए आफु तयार रहेको चेतावनी दिएका छन् । चिकित्सा शिक्षा विधेयक सरकारले बहुमतले पेलेर पारित गरेको भन्दै विरोध जनाइरहेका कांग्रेस सांसद गगन थापालाई महरले मुठभेड गर्न त्रिचन्द्र आउन भनेपछि मडैले जवाफमा यस्तो चेतावनी दिएका हुन् ।

नेविसंघ नेता मडैले जुध्न रहर भए महरले बोलाएकै ठाँउमा आफुहरु लडन तयार रहेको बताए । तपाईं त्रिचन्द्र क्याम्पसमै भिडछु भन्नुहुन्छ भने पनि आउनुस हामी अहिले त्रिचन्द्र मै अध्ययन गर्दैछौ । तपाईं र तपाईका सहकर्मी साथिहरुले बिश्वविध्यालय र कलेजहरुलाइ रणभुमी बनाएकै हो अझै पनि शान्ति क्षेत्रलाई रणभुमि बनाउन लाग्नु हुन्छ भने हामी थाक्दैनौ, मडैले भने ।

उनले फेसबुकवाल लेखेका छन्, ‘ऎन महर ज्यु तपाईहरु संग रमाइलो गर्न, जिस्किन त्रिचन्द्र क्याम्पसमा माननिय गगन थापा संग समय छैन उनि देश बनाउन संसदभित्र केपि संग प्रतिस्पर्धामा छन । उनै संग भिडने मन भए संसदमा छिर्न औकात बनाउ । अनि दुई तिहाइको बल फुर्तेर अहिलै तिम्रो भिड्ने मनै हो भने आउनुस हामी अहिले त्रिचन्द्र क्याम्पसमै अध्ययन गर्दैछौ ।’

उनले काग्रेस सांसद थापा संसदमा देश कसरी चलाउने बिषयमा छलफल गरिरहेको थाहा छ कि छैन ? भन्दै प्रश्नसमेत गरेका छन् । ‘राष्ट्रिय राजनिती गर्ने हैसियत छैन वा दिन्नन् तपाईंका नेताले भने नेकपा छाड्दिनुस आउनुस लोकतान्त्रिक आन्दोलनमा सँगै हात मिलाउन हामीसँग’, मडैले भने ।