अध्यक्ष बुढाथोकीले वडाअध्यक्ष बिष्टलाइ कुटपीट गरी ज्यान मार्ने धम्की दिएको आरोप

नेकपाद्धारा घटनाको घोर भत्सर्ना, सार्वजनिक अपराध सम्बन्धी मुद्धा दर्ताको तयारी
प्रकाशित मिति : मङ्लबार, माघ १५, २०७५

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले गाउँ कार्यपालिका बैठकमा नै वडा नम्बर ४ का वडाअध्यक्ष संग्राम सिह बिष्ट माथी भौतिक आक्रमण, गाली बेइज्जत गरी ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । यहि माघ १४ गते सोमबार ब्यास गाउँ कार्यपालिकाको बैठकमा विविध बिषयमा छलफल भइरहेको बेला गाउँपालिका अध्यक्ष बुढाथोकीले आफुमाथी आक्रमण गरी, गाली बेइज्जत र ज्यान मार्ने धम्की समेत दिएको वडा नम्बर ४ का वडाअध्यक्ष संग्राम सिह बिष्टले बताउँनुभयो ।

घट्नाबारे सुदूर समाचारसंग भएको कुराकानीमा वडा अध्यक्ष बिष्टले भन्नुभयो, २ गते बस्नुपर्ने गाउँ कार्यपालिका बैठक तीन पटक तोकिएको म्याद सरेर १४ गते बसेको थियो । बैठकमा यसअघिको गाउँ कार्यपालिका बैठकले निर्णय गरे अनुसार गाउँपालिका भित्र निर्माण हुने भौतीक संरचनाहरुको बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गर्न ३५ प्रतिषत गाउँपालिकाको समपुरक कोषबाट लगानी गरेर थप सहयोग प्रदेश र संघिय सरकारबाट माग गर्ने निर्णय बिपरीत आएको प्रस्ताबको बिपक्षमा मत राख्दा आफुमाथि आक्रमण भएको हो वडा अध्यक्ष बिष्टले थप्नुभयो, ब्याक्तीले दिएको निबेदनको आधारमा गाउँपालिकाको समपुरक कोष बितरण गर्न खोज्दा आफुले त्यसको बिरोध गरेको हो ।

घट्नाको बिषयमा गाउँपालिका अध्यक्ष बुढाथोकीलाइ सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेको छैन् ।

यसैबिच वडा अध्यक्ष बिष्टमाथी भएको सांघातिक आक्रमण, गाली बेइज्जत गरी ज्यान मार्ने धम्की समेत दिएको घटना प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रेस बिज्ञप्ती मार्फत गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । गाउँ कार्यपालिकाको सम्मानित बैठकमा गाउँ कार्यपालिका सदस्य एबं वडा अध्यक्ष माथि गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार ब्याक्तिले भौतिक आक्रमण, गाली बेइज्जती र ज्यान मार्ने धम्की दिएको घटना प्रति खेद प्रकट गर्दै घोर भत्सर्ना गर्दछौ । साथै पदिय मर्यादा र सार्वजनिक जीवनको आचरण बिपरित सार्वजनिक अपराध गर्ने गाउँपालिका अध्यक्ष बुढाथोकीलाइ कानुन बमोजिम कडा कारवाही गर्न राज्यका नियामक निकायसंग जोडदार माग गर्दछौ, नेपाल कम्युनिष्ट पार्टीका प्रस्तावित जिल्ला अध्यक्ष गणेश सिह खत्रीद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ, गाउँपालिका अध्यक्ष बुढाथोकीमाथि कारबाही नभए सिङ्गो पार्टी पंङती कडा संघर्षमा उत्रने उल्लेख गरीएको छ ।

घट्नाको बिषयमा (अनेरास्वबियु) र अखिल नेपाल राष्ट्यि स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) ले समेत प्रेस बिज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीलाइ कानुन अनुसार कारवाहीको माग गरेको छ ।

गाउँपालिका अध्यक्ष बुढाथोकी नेपाली काग्रेश पार्टीबाट निर्बाचित भएका थिए भने वडा अध्यक्ष बिष्ट नेकपाबाट निर्बाचित भएका थिए ।

मंगलबार जिल्ला सदरमुकाम खलंगामा वडा अध्यक्ष संग्राम सिह बिष्टको स्वास्थ्य परिक्षण गराइएको छ ।

साथै गाउँपालिका अध्यक्ष बुढाथोकी बिरुद्ध जिल्ला प्रहरी कार्यालय दार्चुलामा सार्वजनिक अपराध सम्बन्धी मुद्धा दर्ता गर्ने तयारी भइरहेको वडा अध्यक्ष बिष्टले बताउँनुभयो ।