ब्यास काण्ड : वडा अध्यक्षको आरोप अध्यक्षद्धारा खन्डन

वडा अध्यक्ष बिष्टले लगाएका सबै आरोप गलत भएको भन्दै खन्डन सहित बिज्ञप्ती
प्रकाशित मिति : बुधबार, माघ १६, २०७५

दार्चुला । ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले गाउँ कार्यपालिका बैठकमा नै वडा नम्बर ४ का वडाअध्यक्ष संग्राम सिह बिष्ट माथी भौतिक आक्रमण, गाली बेइज्जत गरी ज्यान मार्ने धम्की दिएको भनि सार्वजनिक भएको घट्ना झुटो भन्दै ब्यास गाउँपालिकाले खण्डन सहितको प्रेस बिज्ञप्ती जारी गरेको छ ।

यहि माघ १४ गते सोमबार ब्यास गाउँ कार्यपालिकाको बैठकमा विविध बिषयमा छलफल भइरहेको बेला गाउँपालिका अध्यक्ष दलिपि सिह बुढाथोकीले, आफुमाथी आक्रमण गरी, गाली बेइज्जत र ज्यान मार्ने धम्की दिएको भनेर वडा नम्बर ४ का वडा अध्यक्ष संग्राम सिह बिष्टले दिएको अभिब्याक्ती, नेकपा र उसका भातृ संगठनहरुबाट आएको प्रेस बिज्ञप्ती र बिभिन्न सञ्चार माध्यममा प्रकासन, प्रसारण भएका समाचार कपोकल्पीत र भ्रामक रहेको भन्दै गाउँपालिकाले बिज्ञप्ती मार्फत ध्यानआकर्ष भएको जनाएको छ, गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा वडा नम्बर ४ का वडा अध्यक्ष संग्राम सिह बिष्ट आफैले गाउँ कार्यपालिकाको आचारसंहिता र कार्यबिधि बिपरीत ब्यवहार प्रदर्शन गरेर उल्टै गाउँपालिका अध्यक्षमाथि झुटो आरोप लगाएको उल्लेख गरीएको छ ।

ब्यास गाउँपालिकाको कार्यपालिका बैठकमा भएको बादबिबादबारे जानकारी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बुढाथोकीले भन्नुभयो, वडा अध्यक्ष बिष्ट आफै अमर्यादीत सब्द प्रयोग गरी बैठकमा आचारसंहिता र बैठक सञ्चालन कार्यबिधि बिपरीत प्रस्तुत हुनुभयो, गाउँकार्यपालिका बैठक चल्न नदिने, तालाबन्दी गर्ने, बैठक बहिस्कार गर्ने जस्ता अभिब्याक्ती दिएर अल्टै आफुलाइ गालीगलौच गरी ज्यान मार्ने धम्की दिएको झुटो आरोप लगाउँनुभएको छ, उहाँले थप्नुभयो, आफ्नो चरीत्रहत्या गर्ने गरी संग्राम जी बाट सार्वजनिक भएका अभिब्याक्ती सहन गर्दा गर्दै समेत आफुमाथि नियोजित आरोप लागेको उहाँको भनाइ छ । गाउँपालिकामै समाधान हुन सक्ने बैधानिक प्रावधान हुँदा हुदै प्रशासनिक हार गुहारबाट गलत परम्पराको संस्कार अभिबृद्धि हुने हुदा आइन्दा यस्ता दुस्प्रचार नगर्न समेत उहाँले बिज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ ।

मंगलबार मात्रै वडा अध्यक्ष बिष्टमाथी गाउँपालिका अध्यक्ष बुढाथोकीले सांघातिक आक्रमण, गाली बेइज्जत गरी ज्यान मार्ने धम्की समेत दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रेस बिज्ञप्ती मार्फत गम्भीर ध्यान आकर्षण जनाएको छ। पदिय मर्यादा र सार्वजनिक जीवनको आचरण बिपरित सार्वजनिक अपराध गर्ने गाउँपालिका अध्यक्ष बुढाथोकीलाइ कानुन बमोजिम कडा कारवाही गर्न राज्यका नियामक निकायसंग जोडदार माग गर्दछौ, नेपाल कम्युनिष्ट पार्टीका प्रस्तावित जिल्ला अध्यक्ष गणेश सिह खत्रीद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ। घट्नाको बिषयमा (अनेरास्वबियु) र अखिल नेपाल राष्ट्यि स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) ले समेत प्रेस बिज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीलाइ कानुन अनुसार कारवाहीको माग गरेको छ । तर बुधबार गाउँपालिका अध्यक्ष बुढाथोकीले जिल्ला सदरमुकामस्थित बिपि स्मृति प्रतिस्ठानको भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सुनियोजित ढंगले लगाइएका कुनैपनि आरोपमा सत्यता नभएको भन्दै प्रेस बिज्ञप्ती र घट्ना सम्बन्धी सार्वजनिक भएका समाचारहरुको खन्डन गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले बिभिन्न समयमा आफ्नो चरीत्रहत्या गर्ने नियोजित प्रयास भइरहेको बताउँनुभएको छ ।
यसैबिच नेकपाका स्थानीय नेता कार्यकर्ताहरुले बुधवार दिउँसोदेखि व्यास गाँउपालिका कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । वडा नम्बर ४ का वडाअध्यक्ष संग्राम सिह विष्टलाई गाँउपालिका अध्यक्षले कार्यपालिका बैठकमै आक्रमण गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।

याे पनि पढ्नुहाेस्

अध्यक्ष बुढाथोकीले वडाअध्यक्ष बिष्टलाइ कुटपीट गरी ज्यान मार्ने धम्की दिएको आरोप