मौसम : देशभर बदली, पश्चिममा पानी

प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५

दार्चुला । देशको धेरैजसो ठाउँको मौसम बदली भई दार्चुला सहित पश्चिमका केही ठाउँमा हल्का पानी परिरहेकाे छ।

गत साेमबारदेखी ५ दिनसम्म दार्चुला सहित देशका बिभिन्न स्थानमा बर्षास‌ंगै भारी हिमपात भएकाे थियाे । माैसममा सुधार भएकाे केहि दिन नबित्दै फेरी बर्षा शुरु भएकाे हाे ।

पश्चिमी वायुका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा अहिले तुवाँलो लागेको छ । तुवाँलोका कारण भिजिविलिटी १५ सय मिटरमा झरेको छ भने बिहीबार बिहानको काठमाण्डौको न्यूनतम तापक्रम  ३ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसो काठमाण्डौमा एकैछिन घाम लागेपनि फेरि बद्ली हुने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो ।

सम्बन्धीत समाचार,

दार्चुलाकाे उच्च भू भाग हिउँफूलले भरियाे

पश्चिमी वायुले बद्ली र वर्षा