मुकेश बचाऔँ अभियान : एक लाख २८ हजार हस्तान्तरण

प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५

दार्चुला । भारतको जम्मुस्थित बि.एन. अस्पतालमा उपचाररत दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकडाका मुकेश धामीलाइ सुदूरपश्चिमेली नेपाली समाज भारत अन्तरगत राज्य समिति जम्मुले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

करिब दुई हप्ता पहिले भारतको जम्मु कस्मीर स्थित बाबे हरकी पौडी मन्दिरमा खुट्टा चिप्लेर लड्दा टाउँकोेमा चोट लागी गम्भीर घाइते धामीको उपचारकालागि सुदूरपश्चिमेली नेपाली समाज भारत अन्तरगत राज्य समिति जम्मु ले मुकेश बचाऔँ अभियान सञ्चालन गरी आर्थिक संकलन गरेको हो ।

अभियानबाट संकलन भएको १ लाख २८ हजार १ सय २८ रुपैया अर्थात ८० हजार ८० रुपैया भारु बुधबार घाइते धामीका बुबा धरम सिह धामीलाइ हस्तान्तरण गरीएको सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय समिति सह कोषाध्यक्ष बाशुदेब जोशीले जानकारी दिनुभयो । मुकेश बचाऔ अभियानमा एक सय जना बढीले आर्थिक सहयोग गरेको सह कोषाध्यक्ष जोशीले बताउँनुभयो ।

आर्थिक अवस्था एकदमै कमजोर भएका धामीको उपचार खर्च ८ लाख अर्थात ५ लाख भारु लाग्ने चिकित्सकले बताएपछि सहयोगकालागि सुदूरपश्चिमेली नेपाली समाज भारत अन्तरगत राज्य समिति जम्मुले अभियान सञ्चालन गरेर आर्थिक सहयोग संकलन शुरु गरेको उहाँले बताउँनुभयो ।