वडा वडामा हाजीरिजवाफ प्रतियोगिता

प्रकाशित मिति : शुक्रबार, माघ १८, २०७५

दार्चुला । शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोग तथा शैल्यशिखर बाल सञ्जालको आयोजनामा शैल्यशिखर नगरपालिकाको प्रतेक वडामा वडा स्तरीय हाजीरिजाफ प्रतियोगिता सञ्चालन भइरहेको छ । बिद्यार्थीहरुको क्षमता बिकास तथा पढ्ने बानीको बिकास होस भन्ने उदेश्यले ९ ओटै वडामा प्रतियोगिता सम्पन्न गरेर नगरस्तरीय हाजीरिजवाफ सञ्चालन गर्ने योजनाकासाथ बाल सञ्जाल मार्फत पहिलो चरणमा वडा स्तर मा हाजीरिजवाफ प्रतियोगिता भइरहेको हो ।
वडा वडामा वालक्लब गठन गरेर बालक्लब अन्तरगत कम्तीमा चार ओटा टिम निर्माण गरी प्रतियोगिता सञ्चालन भइरहेको हो । अहिलेसम्म लालीगुरास बालक्लब अन्तरगत वडा नम्बर १ को बलाचँमा, भगवती बालक्लब अन्तरगत वडा नम्बर २ देथलामा, जनबिकास बालक्लब अन्तरगत लुइटामा हाजीरिजवाफ प्रतियोगिता सम्पन्न भइसकेको छ ।
अगामी आइतबार वडा नम्बर ४ काडापारी हुदै २७ गतेसम्म ९ ओटै वडाहरुमा हाजीरिजवाफ सम्पन्न गरेर प्रतेक वडाको सहभागितामा नगरस्तरीय हाजीरिजवाफ प्रतियोगिता सञ्चालन हुने शैल्यशिखर बाल सञ्जालका सल्लाहकार एबं हाजीरिजवाफ प्रतियोगिता संयोजक जिज्ञाशु खत्रीले बताउँनुभयो ।
वडा स्तरीय प्रतियोगिताका सहभागिहरुलाइ खाजा खर्च र पुरस्कारको समेत ब्यवस्था गर्ने गरीएको छ । यस्तै नगरस्तरीय प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमलाइ ५ हजार, द्धितिय स्थाप प्राप्त गर्ने टिमलाइ ३ हजार, तृतियलाइ २ हजार र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाइ एक हजार पुरस्कारसहित सम्मानित गरीने खत्रीले बताउँनुभयो ।

एसियन मास्टर्स क्विज प्रतियोगिताको उपाधी महेन्द्र नमुना माबिलाई
यसैबिच 
महाकाली नगरपालिका ४ खलंगामा रहेको संस्थागत विद्यालय एसियन एकेडेमीको आयोजनामा सम्पन्न एसियन मास्टर्स क्विज प्रतियोगिताकोे उपाधी महेन्द्र नमुना माबि खलंगाले हात पारेको छ । प्रतियोगितामा महेन्द्र नमुना माबि ए टिम प्रथम र बि टिम द्धितिय स्थान हात पार्न सफल भएको हो ।
यस्तै आयोजक एसियन एकेडेमीको बि टिम द्धितिय र बसन्त भ्याली पब्लीक स्कुलको बि टिमले सान्वना स्थान प्राप्त गरेको बसन्त भ्यालीका शिक्षक केशब गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने बिद्यालयलाइ कप सहित बिभिन्न स्थान प्राप्त गर्ने सम्पुर्ण बिद्यालयलाइ शैक्षिक सामाग्री पुरस्कार बितरण गरीएको छ ।
अन्तरबिद्यालय स्तरीय प्रतिस्पर्धात्मक हाजीरिजवाफ प्रतियोगितामा ८ ओटा बिद्यालयका १५ टिमको सहभागिता रहेको थियो । एसियन एकेडेमीका शिक्षक महेश राज बडूको अध्यक्षतामा एबं स्रोत ब्याक्ती मान सिह धामीको प्रमुख आतिथ्यतामा सञ्चालित प्रतियोगितामा बिभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।