नृत्य प्रतियोगिताकाे उपाधी महेन्द्र माबिलाइ

प्रकाशित मिति : शनिबार, माघ १९, २०७५

दार्चुला । स्वर्गीय जगदीश सिह तिंकंरीको स्मृतिमा आयोजित एक दिने बिद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । तिकंंर युवा क्लब ब्यास १ दार्चुलाको आयोजना तथा ब्यास गाउँपालिका वडा नम्बर १ र अपिनाम्पा संरक्षण क्षेत्र तिकंर उपभोक्ता समितिको आर्थिक सहयोगमा सञ्चालन भएको नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।

एक बर्ष पहिलेसम्म काभ्रे जिल्लामा शिक्षण पेशामा कार्यरत स्वर्गीय तिकंंरीको २०७४ साल चैत्र २६ गते ३६ बर्षको उमेरमा असमाहिक निधन भएपछि पहिलो स्मृति दिवस स्वरुप नृत्य प्रतियोगिताको आयोजना गरीएको हो ।
प्रतियोगिताको उपाधी महेन्द्र नमुना माबि खलंगाले जित्दै प्रथम स्थान हासील गरेको छ । यस्तै एसियन एकेडेमी खलंगा द्धितिय र बसन्त भ्याली पब्लीक स्कुल खलंगाको टिमले तृतिय स्थान प्राप्त गरेको छ । एम्टीकर पब्लीक स्कुल बंगाबगर र रंंङ् कमिटि स्कुल धारचुलाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको ब्यासका स्थानीय एबं धारीपाटा माबि धामीका प्रद्यानाद्यापक केशब सिह तिंकरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार रु १५ हजार, द्धितिय ८ हजार, तृतिय ५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने दुइ ओटै टिमलाइ नगर एक एक हजार सहित सम्मानित गरीएको उहाँले बताउँनुभयो ।

नृत्य प्रतियोगितामा १५ ओटा बिद्यालयको सहभागिता रहेको थियो ।

अपिनाम्पा संरक्षण क्षेत्र तिकंर उपभोक्ता समिति अध्यक्ष नगेन्द्र सिह तिंकरीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।