माघ २० देखि २६ गतेसम्मको राशिफल

प्रकाशित मिति : शनिबार, माघ १९, २०७५

यो राशिफल माघ २० गतेदेखि माघ २६ गतेसम्मको हो ।

मेषः रोजगारीको अवसर मिल्नेछ । कामको प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी हुनेछ । आर्थिक सहयोग बढ्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम खर्चको मात्रा बढ्नेछ ।

वृषः यात्राको सुख मिल्नेछ । वैदेशिक कामबाट फाइदा पाइनेछ । ठूलाबडाले साथ दिनेछन् । काममा प्रगति हुनेछ । जग्गा जमीनबाट फाइदा एवम सञ्चित धन बढ्नेछ । आर्थिक काममा प्रगति हुनाका साथै सन्तानबाट पनि सहयोग पाइनेछ । साताको अन्त्यमा राम्रो आम्दानीसहित कार्य सफल हुनेछ ।

मिथुनः स्वास्थ्यमा समस्या आउनेछ । आफन्तबाट धोका हुनेछ । झुटो लाञ्छना लाग्नेछ । साताको मध्यमा भने भाग्यले साथ दिनेछ । वैदेशिक रोजगारको फाइदा मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ, पदवृद्धिको चर्चा एवम मित्रहरुबाट राम्रो सहयोग पाइनेछ ।

कर्कटः पारिवारिक जमघट बढ्नेछ । वैवाहिक एवम धार्मिक काममा व्यस्त भईनेछ । साताको मध्यमा स्वास्थ्यमा गडबडी, खानपिनमा समस्या एवम झुटो लाञ्छना आउनेछ । अन्त्यमा भने अधूरा काम बन्नेछ । यात्राको योग बन्ने एवम ठूलाबडाबाट व्यक्तिगत सहयोग पाइनेछ ।

सिंहः वादविवादमा परिनेछ । विरोधीहरु अघि सर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । व्यावसायिक यात्राको योग बन्नेछ । प्रेमीप्रेमिकाबीच सम्बन्ध सुध्रिनेछ । ससुराल पक्षबाट सहयोग एवम साझेदारी लगानीमा फाइदा पाइनेछ । साताको अन्त्यमा भने बिसञ्चो हुने, काममा ढिलासुस्ती एवम् गुप्त बाधा आइपर्नेछ ।

कन्याः विद्यामा उन्नति हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सही निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा जीत देखिन्छ । मुद्दामामिला किनारा लाग्नेछन् । साताको अन्त्यमा यात्रा हुने एवम पारिवारिक भेटघाट र आफन्तबाट सहयोग पाइनेछ ।

तुलाः घरायसी विवाद बढ्नेछ । स्त्री जातिसँग मनमुटाव बढ्नेछ । चिसोको असर देखिनेछ । सन्तानबाट खुशियाली बढ्नेछ । व्यवसायमा फाइदा एवम विरोधीहरुबाट पनि राम्रो सहयोग मिल्नेछ । आपसी झमेला टुंगिने एवम खर्च भने बढ्ने देखिन्छ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार र वादविवादमा मेलमिलाप हुनेछ ।

वृश्चिकः छोटो यात्रा हुनेछ । दाजुभाइबाट आश्वासन मिल्नेछ । पराक्रम बढ्ने एवम मातृपक्षबाट सहयोग रहनेछ । साताको मध्यमा मानसिक अशान्ति एवम घरायसी झमेला आइपर्नेछ । साताको अन्त्यमा अध्ययनमा सफलता, व्यापारमा फाइदा एवम् सन्तति सुख मिल्नेछ ।

धनुः भोजन सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । चेहरामा प्रशन्नता झल्किनेछ । धनको कारोबार बढ्नेछ । सानो यात्रा एवम् बन्धुबाट सहयोग पाइनेछ । विदेशबाट फाइदा एवम मित्रजनले सहयोग गर्नेछन् । साताको अन्त्यमा भने शारिरीक अस्वस्थता र काममा ढिलासुस्ती हुनेछ ।

मकरः उत्साहका वृद्धि हुनेछ । जिम्मेवारी थपिनेछ । कुटुम्ब भेटघाट रहनेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । सम्पत्ति वृद्धि एवम् भोजनको सुख मिल्नेछ । साताको अन्त्यमा भने जिम्मेवारी थपिने, रोजगारीमा फाइदा एवम् दिदीबहिनीको सहयोगबाट काम बन्ने देखिन्छ ।

कुम्भः खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ । अनावश्यक विवादमा फसिनेछ । अरुको कारणले आफूलाई भार पर्नेछ । साताको मध्यमा भने धनसम्पत्ति वृद्धि व्यापारमा फाइदा एवम् कामबाट लाभ मिल्नेछ । साताको अन्त्यमा राजनीतिक फाइदा एवम् पदप्रतिष्ठाको योग रहेको छ ।

मीनः आँटेको काममा लाभ मिल्नेछ । व्यवसायमा फाइदा एवम धार्मिक रुचि बढ्नेछ । स्त्री जातिबाट सहयोग एवम् कृषि र जलको कारोबारमा फाइदा मिल्नेछ । राजनीतिमा जिम्मेवारी थपिने, रोजगारीमा लाभ मिल्ने एवम ठूलाबडाबाट स्याबासी पाइनेछ । आफ्नो कामको राम्रो प्रतिफल मिल्नेछ । -जनता समाचार