माद्यमिक बिद्यालयहरुको सिकाइ उपलब्धी परिक्षण हुदै

प्रकाशित मिति : आइतवार, माघ २०, २०७५

दार्चुला । जिल्ला भरीका सरकारी अनुदान प्राप्त माद्यमिक बिद्यालयहरुको सिकाइ उपलब्धी परिक्षण भइरहेको छ । शैक्षिक गुणस्तर परिक्षण केन्द्रको आयोजना तथा काउन्सील एण्ड काउन्सील संस्थाको समन्वयमा दार्चुलामा रहेका ६७ ओटै सामुदायिक माद्यमिक बिद्यालयहरुको सिकाइ उपलब्धी परिक्षण गर्न कार्यसम्पादन तथा स्व.मुल्याङकन फाराम गर्ने काम शुरु भएको हो ।
माद्यमिक बिद्यालयहरुको अवस्था, गतिबिधि, उपलब्धी, कमजोरी र सुधार गर्नुपर्ने पक्ष लगायत बिभिन्न सुचकाकंको आधारमा परिक्षण गरेर नतिजा सार्वजनिक हुने छ । बिद्यालयहरु र सरकारी निकायलाइ नीति निर्माण तथा कमजोरी सुधारमा सहयोग पुर्याउने उदेश्यले सिकाई उपलब्धी तथा गतिबिधिहरुको परिक्षण भइरहेको शैक्षिक गुणस्तर सुधार केन्द्रका निर्देशक नारायण दाहालले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर सुधार केन्द्रको समन्वयमा काउन्सील एण्ड काउन्सीलको तर्फबाट परिक्षक खटीएर सिकाइ उपलब्धी परिक्षणको काम भइरहेको परिक्षण कार्यकालागी जिल्ला संयोजक समेत रहेका रमेशचन्द्र जोशीले भन्नुभयो, जिल्लाका ९ ओटै स्थानीय तहका माद्यमिक बिद्यालयहरुमा सिकाइ उपलब्धी परिक्षण सम्पन्न गरेर सिकाइ उपलब्धी प्रतिबेदन तयार पारीने छ । परिक्षण कार्यलाइ निस्पक्ष र प्रभाबकारी बनाउँन शैक्षिक क्षेत्रमा लामो अनुभब भएका ९ जना प्राद्यापक तथा बिषय बिज्ञहरुको टोलीले परिक्षणको काम गरिरहेको जोशीले जानकारी दिनुभयो ।
दार्चुला जिल्लामा बिद्यालयहरुको सिकाइ गुणस्तर खस्कीदो अवस्थामा रहेको बेला भइरहेको परिक्षणले योजना कार्यान्वयन र कमजोरी सुधारमा भुमीका खेल्ने उहाँको भनाइ छ । परिक्षणको काम लेकम क्षेत्रबाट भइरहेको छ ।