दार्चुला महोत्सब २०७५ को तयारी तिब्र

प्रकाशित मिति : आइतवार, माघ २०, २०७५

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा सञ्चालन हुने सूदुरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को तयारी तिब्र रुपमा भइरहेको छ । अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको शाख भन्ने मूल नाराका साथ अगामी माघ २५ गतेदेखी फागुन ५ गतेसम्म लाग्ने दार्चुला महोत्सव २०७५ को तयारी तिव्र बनाइएको हो ।
महोत्सबको पुर्बतयारी स्वरुप महोत्सब स्थल बसपार्कमा घेरपर्खाल लगाइएको छ । मञ्च, स्टल र गेट निर्माणको तयारी भइरहेको उद्योग बाणिज्य संघ दार्चुलाका कार्यकारी अधिकृत अमर महराले जानकारी दिनुभयो । महोत्सबमा प्रस्तुतीको लागी दुई दर्जन बढी कलाकार र दर्जनौ अतिथिहरुलाई आमन्त्रण गरीएको छ ।  उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
महोत्सब उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहने उपप्रधान तथा रक्षामन्त्री पोखरेल नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला महोत्सवको उद्घाटन गर्न माघ २५ गते दार्चुला आउने महराले बताउँनुभयो । महोत्सब शुरु हुन पाचँ दिन मात्रै बाँकी रहेकोले अतिथि आमन्त्रण र प्रचारप्रसार गर्ने कामलाइ तिब्रता दिइएको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिह ठगुन्नाले जानकारी दिनुभयो ।

महोत्सबमा राष्ट्यि कलाकारहरु बद्री पंगेनी, रामजी खाण, महेश औजी, चक्र बम, शृजना हुमागाइ, मनिस खड्का, प्रिति आले, बैकुण्ठ महत, चन्द्रा अर्याल, सुरेश शाही, पुष्पा बोहरा, शृजना खत्री, ज्वोती मगर, मनोज धामी, जीवन दहाललाइ आमन्त्रण गरीएको छ । यस्तै बिष्णु खत्री, तारा थापा, हेमा राना मगर, नारायण सोडारी, उमादेबी खनाल, भारतीय कलाकार बेबी प्रियकां, श्रि कृष्ण क्षेत्रीलाइ आमन्त्रण गरीएको आयोजकले जनाएको छ । पछिल्लो समय जिल्लाका स्थानीय कलाकारहरुले स्थान नपाएको गुनासो बढेपछि दिपा रोकाया, बिरेन्द्र जोहारी, कृष्ण धामी लगायतलाइ समेत आमन्त्रण गरीएको कार्यकारी अधिकृत महराले बताउँनुभयो ।
महोत्सबमा आफ्नो ब्यापार ब्यवसायको प्रबद्र्धन गर्न चाहाने १ सय २८ जनाले स्टल बुकीङ गराएका छन् । महोत्सबमा १ सय ५१ स्टल राख्ने तयारी गरीएपनि ठाउँ अभाबका कारण स्टल थप गर्न समस्या भइरहेको उहाँले बताउँनुभयो ।
महोत्सबमा सौका जातीको मौलीक संस्कृति भेषभुसाको प्रदर्शन, दार्चुलाको दुहु, मार्मा, मल्देश, लेकम र ब्यास क्षेत्रको मौलीक भेषभुसा र संस्कृतिको प्रदर्शनी, मौलिक खानाका परिकारहरुको बिक्रि तथा प्रदर्शनी, पशु तथा बाख्रा पालको प्रदर्शनी, कृर्षि जन्य बस्तुहरुको प्रतियोगितात्मक प्रदर्शन गराइने छ । हरेक दिन राष्ट्यि ख्याती प्राप्त कलाकारहरुद्धारा गीत, नृत्य र हास्य ब्यग्य सहितको सास्कृतिक प्रदर्शनी, स्थानीय कलाकारहरुद्धारा सास्कृतिक प्रदर्शनी गराइने छ ।

यस्तै दार्चुला जिल्लाका बिभिन्न क्षेत्रको एकल नृत्य तथा गायन प्रतियोगिता, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा बिबिध मनोरञ्जनात्मक कार्यक्रम, निशुल्क उपचार सिबिर, शैक्षिक, धार्मीक तथा अन्य पुस्तक बिक्रि एबं अशक्तहरुलाइ निशुल्क स्थान प्रदान गरीने, जिल्लाको स्थानीय उत्पादनको प्रदर्शनी, प्रचारप्रसार, उपभोग र प्रबद्र्धन गर्ने, स्थानीय उद्यमी, ब्यावसायि र सेवा प्रदायकहरुको सहभागितामा बस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रबद्र्धन, बिशेष सहुलियत सहित सामानहरुको बिक्रि बितरण र प्रदर्शनी गराइने आयोजकले जनाएको छ ।