दार्चुला आइडलको पहिलो चरण सकियाे

प्रकाशित मिति : आइतवार, माघ २०, २०७५

दार्चुला । दार्चुला जिल्लामा पहिलो पटक आयोजना भइरहेको दार्चुला आइडलको पहिलो चरण सम्पन्न भएको छ । जिल्लामा रहेका प्रतिभा पहिचान गर्ने उद्देश्यले क्रियाशील सर्जकहरुको संस्था दार्चुला कला केन्द्रको संयोजन र फेबरेट मिडिया प्रा.लि.को आयोजनामा भइरहेको दार्चुला आईडलको प्रथम चरण सम्पन्न भएको हो ।
दार्चुलाका ९ ओटै स्थानीय तहहरुमा पहिलो चरणमा सहभागि प्रतिभाहरुमध्ये उत्कृष्ट प्रतिभाहरु छनोट गर्दै आइडलको पहिलो चरण सम्पन्न भइसकेको मूल्याङकनकर्ता शुरेस शाहीले जानकारी दिनुभयो । आइडलको प्रथम चरण अन्तरगत जिल्लाका ७ ओटा गाउँपालिका र शैल्यसिशखर नगरपालिकाबाट ३१ जना प्रतिभाहरु दोस्रो चरणकालागि छनोट भएर जिल्ला सदरमुकाम आएका छन । आइतबार अन्तीम स्थानिय तहको रुपमा महाकाली नगरपालिकामा प्रथम चरणको छनोट कार्यक्रम भएको छ । कुल एक सय २६ जनाले भाग लिएकोमा १२ जना उत्कृष्ट प्रतिभाहरुलाइ दोस्रो चरणकालागि छनोट गरीएको र राम्रो प्रतिभा भएका ११ जना प्रतिभालाइ पुर्नमूल्याङकनकालागि छनोट गरीएको कलाकार शाहीले बताउँनुभयो ।
दार्चुला आइडलका संयोजक अमन बोहराको अध्यक्षता एवम महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्टको प्रमुख आथित्यतामा उद्घाटन भएको महाकाली नगरपालिका अन्तरगतको छनोट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायको विशिष्ट आथित्यता रहेको थियो । दार्चुला आइडलको दोस्रो राउण्ड यहि माघ २४ गते र फाइनल राउण्ड फागुन ४ गते जिल्ला सदरमुकाममा सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, द्धितीयलाई ३१ हजार र तृतीय स्थान हासिल गर्ने प्रतियोगिलाई २१ हजार रुपैयाँ नगद दिइने छ । प्रतियोगितामा जिल्लाभरीबाट उत्साहजनक सहिभागिता रहेको छ ।