दार्चुला आइडलमा नगर प्रमुख भट्टले यस्ताे गीत गाएपछि ….

प्रकाशित मिति : आइतवार, माघ २०, २०७५

दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित दार्चुला विकास संगठनको परिसर महाकाली नगरपालिका भरीका नव प्रतिभाहरुको भिडले खचाखच भरिएको थियो । दार्चुला आइडलको प्रतिस्पर्धाकालागि घाटीमा सिरियल नम्बर टाँस गरि आफ्नो गित गाउने पालोको पर्खाईमा नव प्रतिभा कलाकारहरु लामबद्ध थिए, भने भित्र हलमा कला क्षेत्रलाई मनपराउने स्थानीय र सुरक्षा निकाय प्रमुख, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य समेतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा केहि प्रतिभाहरुले प्रस्तुती राखेपछि नव प्रतिभाहरुलाइ शुभकामना मन्तव्यको लागि नगर प्रमुख हंशराज भट्टलाई आमन्त्रण गरीयो, धेरै सहभागि उहाँले दिने मन्तव्य सुन्न आतुर थिए तर कार्यक्रममा ठिक उल्टो भयो । नगरप्रमुख भट्टले भाषण सुन्न बसेका सहभागि माझ राष्ट्भक्ति गित गाएर सुनाएपछि धेरै दर्शक सहभागिले तालीले स्वागत गरे ।
धेरै सहभागिले आधुनिक, पप, रिमेक्स भाकाका गीत गाइरहदा उहाँले पसिना बगाउ युवा अब रगत बगाईक्याै, यो देशले सराप्ला धेरै अवेला भइसक्यो भावकाे निकै मार्मिक देशभक्ती गित गाएपछि नव प्रतिभाहरुलाई रमाइलो मात्रै भएन, उपस्थित अतिथिहरुलाई गितको मर्मले निकै छोएको आभास त्यो हलले दिएको थियो ।
पछिल्लो समय देश संघीयतामा गइसकेको छ । सिंह दरबारको अधिकार गाउँ गाउँमा भनिएको छ । गाउँको मुहार फेर्ने सपना बोकेरै हजारौ नेपालीले रगत बगाएको जीवन्त इतिहासलाई अब जनताको सपनामा बदल्नुपर्ने बेला आइसकेको उहाँको गीतको भाव थियो ।

अहिले जनप्रतिनिधिको काधमा शोसित पीडितको आवाज बुलन्द गर्ने अवसर आइपुगेको कारण पनि उहाँको गीत समय सापेक्ष थियो । तर नगरप्रमुख जस्तो महत्तपुर्ण जिम्मेवारीमा पुगेका भट्ट संगै जनताले बिकास, समृद्धि र सूशासनको भरोसा गरेर जिताएका जनप्रतिनिधिहरुले आफ्नो कर्तब्य र पदिय जिम्मेवारी एबं जनअपेक्षालाइ मध्यनजर गरेर अग्रपथमा लम्कीनु आवश्यक रहेको छ ।