सामन्तको छैटौ गीत ”सुटुक्कै” बजारमा

प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५

दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालीका वडा नम्बर ९ सकारका धौली सामन्त सानै उमेरमा कलाक्षेत्रमा प्रबेश गरेर एक पछि अर्को सफलता प्राप्त गर्न सफल भएका छन ।
नब प्रतिभा एबं जिल्लाकै कान्छी नब गायिका सामन्तका तिनओटा आफ्नै एल्बम बजारमा आएकान छन् भने तीन ओटा अरुको गीतमा स्वर दिएर बजारमा आएसंगै उनको स्वरमा सजिएका छ ओटा गीतहरु बजारमा आएका हुन ।
सम्झेइ माया जाल गीतबाट गायनयात्रा शुरु गरेका उनको सम्झिरेइ मेरी रुमाल दार्चुला अपि हिमाल, चुडी जन बजाए, मलेसिया साउदी दुबै छु, दार्चुला बैतडी गीतपछि पछिल्लो समय सुटुक्कै बोलको गीत बजारमा आएको छ । जमन बडालको यो गीत चर्चित गायक चक्र बम र धौली सामन्तको स्वरमा बजारमा आएको हो ।
गीत हेर्नुहोस् :