धेरै समय मोबाइल चलाउनु स्वास्थ्यको लागि घातक

प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५

काठमाडौं । सूचना र प्रविधिको विकासले मानिसको जीवनमा धेरै परिवर्तन मात्र ल्याएको छ। यति मात्र हाेइन दैनिक जीवनको लागि अपरिहार्य नै बनेको छ। यस्तै मानिसको दैनिक जीवनसँग सबैभन्दा आवश्यक सूचना प्रविधि मध्ये एक हो मोबाइल।

संसारभर करिब ८० प्रतिशत मानिसलेले मोबाइल प्रयोग गरेको पाइन्छ। आगामी दिनमा मोबाइल प्रयोग गर्ने मानिसको संख्या अझै बढ्दै जाने अनुमान गरिएको छ। तर धेरै मोबाइल प्रयोग गर्नु पनि मानव स्वास्थ्यका लागि हानिकारक भएको अध्ययनले देखाएको छ।

भर्खरै गरिएको एक अनुसन्धानबाट मोवाइलबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक विकीरणले मानव स्वास्थ्यमा पार्ने यस्ता असरबाट बच्न के गर्ने?

-इलेक्ट्रो म्याग्नेटिक विकीरणहरूले हाम्रो मस्तिष्कलाई असर गर्ने हुँदा मोबाइल चलाउँदा सकेसम्म २ देखि ७ इन्च पर राख्नु राम्रो हुन्छ। -सकेसम्म मोबाइल फोनमा कुरा गर्दा लाउड स्पिकर बनाएर बोल्नु राम्रो हुन्छ।

– खल्तीमा मोबाइल राख्दा मोबाइलको स्किन सकेसम्म आफू शरीरतिर फर्काएर राख्नु हुँदैन। – गर्भवति महिलाले सकेसक्म मोबाइल नचलाएको राम्रो हुन्छ। गर्भवति महिलाले धेरै मोबाइल चलाउँदा मोबाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक विकीरणले गर्भमा रहेको बच्चाको वृद्धि विकासमा असर गर्ने गर्छ।

-सकेसम्म गाडी, हवाइजहाज, रेल चढ्दा मोबाइल चलाउनु राम्रो हुँदैन। गाडी, हवाइजहाज, रेल मोबाइल चलाउँदा यसबाट निस्कने विकीरणलको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल नचलाउनु राम्रो हुन्छ।

-धेरैले इयरफाेन तथा हडसेट प्रयोग गर्ने बानी हुन्छ। धेरै इयरफाेन प्रयोग गर्नु पनि राम्रो हुँदैन किनभने यसबाट निस्कने विकीरणको प्रभाव काननजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ।

-सकेसम्म १५ वर्ष भन्दामुनिका बालबालिकाले मोबाइल चलाउनु राम्रो हुँदैन। किनभने उनीहरूको विकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो असर गर्छ। धेरै मोबाइल चलाउने बालबालिकामा पछि गएरक्यान्सर देखिने सम्भावना हुने गर्छ।

-मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुपर्छ। नवजात शिशुको तालु पातलो हुने गर्छ जसले गर्दा रेडियसन उनीहरूको मस्तिष्कबाट छिटो प्रशारण भई भविष्यमा मस्तिस्क क्यान्सरको संभावना बढ्ने गर्छ।

-फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म राख्नु हुँदैन यसले प्रजनन् क्षमतामा असर गर्छ। यस्तै मोबाइललाई मुटुनजिक पनि राख्नु हुँदैन मुटुनजिक मोबाइल राख्दा मोबाइलबाट निस्कने विकीरणले मुटुको चाल अनियमिता गराउँछ। -थाहाखबर