दार्चुला महोत्सबमा १ करोड ४५ लाखको बिमा (फाेटाेफिचर)

तयारी अन्तीम चरणमा, अधिकासं स्थानीय कलाकार समेटेको स्पष्टोक्ती
प्रकाशित मिति : बुधबार, माघ २३, २०७५

दार्चुला । उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा सञ्चालन भइरहेको सूदुरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को तयारी अन्तीम चरणमा पुगेको छ । अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको शाख भन्ने मूल नाराका साथ अगामी माघ २५ गतेदेखी फागुन ५ गतेसम्म लाग्ने महोत्सवको ९० प्रतिषत तयारी सम्पन्न भएको आयोजकले जनाएको छ ।

महोत्सब अवधिभर हुलदंगा, अग्नी र भुकम्पबाट कुनै किसिमको क्षति हुन गएमा ९९ लाख ९९ हजार ९ सय रुपैयाको विमा गरीएको उद्योग बाणिज्य संघ दार्चुलाका महासचिब मिलन राज अवस्थीले जानकारी दिनुभयो । यस्तै महोत्सवमा मानविय क्षति भएमा एक जनाको ५ लाखका दरले १५ जनाको विमा गरिएको समेत उहाँले बताउँनुभयो । हरेक दिन विहान १० बजे देखी वेलुकी ६ बजे सम्म संचालन हुने महोत्सबमा बिरेन्द्र बस बसपार्क क्षेत्रमा गेट देखी मञ्चसम्मको बिभिन्न स्थानमा ८ ओटा सिसिटिभि क्यामेरा जडान गरीने आयोजकले जनाएको छ ।

महोत्सव स्थलमा १ सय ४१ वटा स्टलहरु, गेटहरु, मञ्च, मनोरञ्जनकालागी पिङ, चर्खाहरु, महोत्सब स्थलको चारैतिर घेरवार निर्माणको सम्पुर्ण काम बिहिबार दिउँसोसम्म सम्पन्न हुने उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउँनुभयो । अहिलेसम्म १ सय १४ स्टलहरु निर्माण भएर बुकिङ भइसकेका छन् । १ सय ५१ स्टल निर्माण गर्ने लक्ष्य भएपनि ठाउँ अभाबका कारण अहिलेसम्म बुकिङ भइसकेका १ सय ४१ स्टल निर्माण गरीने आयोजकले जनाएको छ ।

बुधबार जिल्ला सदरमुकाम खलंगामा महोत्सवको तयारी बारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरीएको छ । पत्रकार सम्मेलनमा स्थानिय कलाकारलाई उपेक्षा गरी राष्ट्रिय कलाकारहरुलाई मात्रै महोत्सवमा आमन्त्रण गरिएको भनि जिल्ला तथा जिल्ला बाहिरका कलाकारहरुले सामाजिक सञ्जाल मार्फत अभिव्यक्ती सार्वजनिक गरेको सन्दर्शमा सोधीएको प्रश्नमा ८० प्रतिशत कलाकार सुदूरपश्चिमका समेटेको र सम्पर्कमा आएका अधिकासं स्थानीय कलाकारलाइ स्थान दिएको अध्यक्ष ठगुन्नाले बताउँनुभयो । दुई बर्ष अघि सञ्चालन भएको महोत्सबको अनुभब र जिल्ला बाहिरको अभ्यासलाइ ख्याल गरेर सेक्युरिटि गार्ड अर्थात स्वयमसेवकहरु जिल्ला बाहीरबाट बोलाइएको समेत उहाँले स्पष्ट पार्नुभयो । महोत्सबलाइ सभ्य र भब्य बनाउँनकालागी अनुग्रह सेक्युरिटि सर्भीस सेन्टर नेपालगन्जबाट ३२ जनाको सेक्युरिटि टोली बिहिबार दार्चुला पुग्ने अध्यक्ष ठगुन्नाले बताउँनुभयो ।

महोत्सबमा भारतीय दर्शकहरुलाइ समेत आकर्षीत गर्नकोलागि दुई जना भारतीय कलाकारलाइ आमन्त्रण गरीएकोले कलाकारहरुको बिषयमा दुस्प्रचार नगर्न उहाँले सबैलाइ आग्रह गर्नुभएको छ ।

महोत्सवमा दार्चुला जिल्ला भरीको संस्कृति झल्कने बिभिन्न भेगका आधादर्जन बढी झाकीहरु, जिल्लाभरी रहेका तथा ओझेलमा परेका पर्यटकिय स्थलहरुका फोटो प्रर्दशनी, हरेक दिन २ घण्टा जिल्लाको संस्कृतिको जगेर्ना र बिकृति नियन्त्रणमा सचेतनामुलक प्रस्तुती राख्ने, दार्चुला आइडल महोत्समा सञ्चालन गर्ने, बिद्यार्थीलाइ प्रबेस सुल्कमा छुट र सिजनल कार्ड लिनेहरुकालागी समेत बिशेष छुटको ब्यवस्था गरीएको उहाँले बताउँनुभयो ।

महोत्सबको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल गर्ने आयोजकले जनाएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला महोत्सवको उद्घाटन गर्न बिहिबार नै रक्षामन्त्री पोखरेल दार्चुला आउने तयारी रहेको अध्यक्ष ठगुन्नाले बताउँनुभयो । महोत्सब शुरु हुन दुई दिन मात्रै बाँकी रहेकोले अतिथि आमन्त्रण र प्रचारप्रसार गर्ने कामलाइ तिब्रता दिइएको उहाँको भनाइ छ ।

महोत्सबमा दुई दर्जन बढी स्थानीयदेखी राष्ट्यि कलाकारहरुको प्रस्तुती रहने छ । राष्ट्यि कलाकारहरु बद्री पंगेनी, रामजी खाण, महेश औजी, चक्र बम, शृजना हुमागाइ, मनिस खड्का, प्रिति आले, बैकुण्ठ महत, चन्द्रा अर्याल, सुरेश शाही, पुष्पा बोहरा, शृजना खत्री, ज्वोती मगर, मनोज धामी, जीवन दहाललाइ आमन्त्रण गरीएको छ । यस्तै बिष्णु खत्री, तारा थापा, हेमा राना मगर, नारायण सोडारी, उमादेबी खनाल, भारतीय कलाकार बेबी प्रियकां, श्रि कृष्ण क्षेत्रीलाइ आमन्त्रण गरीएको आयोजकले जनाएको छ । पछिल्लो समय जिल्लाका स्थानीय कलाकारहरुले स्थान नपाएको गुनासो बढेपछि दिपा रोकाया, बिरेन्द्र जोहारी, कृष्ण धामी लगायतलाइ समेत आमन्त्रण गरीएको छ ।

महोत्सबमा सौका जातीको मौलीक संस्कृति भेषभुसाको प्रदर्शन, दार्चुलाको दुहु, मार्मा, मल्देश, लेकम र ब्यास क्षेत्रको मौलीक भेषभुसा र संस्कृतिको प्रदर्शनी, मौलिक खानाका परिकारहरुको बिक्रि तथा प्रदर्शनी, पशु तथा बाख्रा पालको प्रदर्शनी, कृर्षि जन्य बस्तुहरुको प्रतियोगितात्मक प्रदर्शन गराइने छ । हरेक दिन राष्ट्यि ख्याती प्राप्त कलाकारहरुद्धारा गीत, नृत्य र हास्य ब्यग्य सहितको सास्कृतिक प्रदर्शनी, स्थानीय कलाकारहरुद्धारा सास्कृतिक प्रदर्शनी गराइने छ ।

यस्तै दार्चुला जिल्लाका बिभिन्न क्षेत्रको एकल नृत्य तथा गायन प्रतियोगिता, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा बिबिध मनोरञ्जनात्मक कार्यक्रम, निशुल्क उपचार सिबिर, शैक्षिक, धार्मीक तथा अन्य पुस्तक बिक्रि एबं अशक्तहरुलाइ निशुल्क स्थान प्रदान गरीने, जिल्लाको स्थानीय उत्पादनको प्रदर्शनी, प्रचारप्रसार, उपभोग र प्रबद्र्धन गर्ने, स्थानीय उद्यमी, ब्यावसायि र सेवा प्रदायकहरुको सहभागितामा बस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रबद्र्धन, बिशेष सहुलियत सहित सामानहरुको बिक्रि बितरण र प्रदर्शनी गराइने आयोजकले जनाएको छ ।