चक्र बमकाे धमकेदार प्रस्तुती : गाउँदै नाचे दर्शक (फाेटाेफिचर)

प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

दार्चुला । सुदूरपश्चिम पर्यटन ब्यापार मेला तथा दार्चुला महोत्सब २०७५ को चौथो दिनमा पुग्दा दर्शकहरुको आकर्षण बढ्दै गएको छ । अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको शाख मूल नाराका साथ शुक्रबार उद्घाटन भएको महोत्सबमा सोमबार चर्चीत कलाकार चक्र बमको प्रस्तुतीमा दर्शकहरु सबैभन्दा बढी रमाएका छन् ।


दार्चुला महोत्सबमा सोमबार चर्चीत कलाकार चक्र बम, श्रि कृष्ण क्षेत्री, शृजना हुमागाइ, साबित्री भुजेल लगायतले प्रस्तुती राखेका छन् । दुई तीन देखि शान्त रुपमा चलिरहेको दार्चुला महोत्सवको मध्यान्तरतीर चर्चित कलाकार चक्र वमले सबैलाइ नचाएका हुन् ।

रकस्टारको रुपमा चर्चित सुदूरपश्चिमेली कलाकार वमले पूरै महोत्सव स्थलमा पुगेका दर्शकलाई गाउँदै नचाएका हुन् । हालै सार्वजनिक गरेका विद्यानास, चुइगम पट्काउने, पट्पटानी, नाच भुन्टी लगायतका चर्चित गीत गाएर दर्शकको मन जित्न सफल भएका छन् । उहाँले गाएको गीतका कारण प्रहरीलाई समेत दर्शकलाई शान्त गर्न धौ धौ परेको थियो ।

सबै ठाउँमा दर्शकहरु नाच्न थालेपछि प्रहरीले एकातिर जानुपरेको थियो । अहिलेसम्म सुपर हिट गायकको रुपमा चर्चित डिजे कलाकार वमले दार्चुलेलीको मन जितेको छ । यसअघि शनिबार र आइतबार प्रस्तुती राखेका कलाकार महेश औजी, बिष्णु खत्री, तारा थापा, हेमा राना मगरका साथै भारतीय कलाकारहरु नारायण सौडारी, बेबी प्रियंका, प्रकास बेलाल, नारायण सिह, राजु नेघी लगायतले प्रस्तुती राखेर फर्कीसकेका छन् । फागुन ५ गतेसम्म सञ्चालन हुने महोत्सबमा दुई दर्जनबढी चर्चीत कलाकारहरु आउँने कार्यतालिका छ ।

 

महोत्सबमा दैनिक हजारौ दर्शकले अवलोकन गरीरहेको आयोजकले जनाएको छ ।