महिला नेतृत्व बिकासमा ट्रोसाको भूमिका

प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५

दार्चुला । दक्षिण एसियाली अन्तरदेशीय सीमावर्ती नदीमा पानीको सामुदायिक सदुपयोग परियोजना (ट्रोसा) ले महिलाहरुको नेतृत्व विकासमा महत्तपुर्ण भूमिका निर्वाह गरेको छ । संकल्प दार्चुला अन्तरगत महाकाली नदी तटिय क्षेत्रमा टोसा कार्यक्रम सञ्चालनमा आएपछि चुलो चौकोमा मात्रै सिमित धेरै महिलाहरुको जीवनशैली फेरीन थालेको हो ।
अक्सफामको आर्थिक सहयोगमा सञ्चालित टोसा कार्यक्रमले दार्चुलाको ब्यास, दुहु, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकाको महाकाली नदी किनाराका बस्तीहरुमा टोसा कार्यक्रम सञ्चालन भएपछि महिला सशक्तिकरण समूहहरु गठन भएर क्षमता बिकास, पैरबी र बिकास निर्माणका काममा महिलाहरु सहभागि हुन थालेका मात्र छैनन् । आफ्नो अधिकार माग्ने र सामुहिक बिकासकालागि नियमित छलफल गर्दै सरोकारवालाहरुलाइ झकझकाउने काम गरीरहेका छन् ।
एवं संकल्प दार्चुलाको सहयोगमा दार्चुला जिल्लाको लेकम र दुहूँ क्षेत्रमा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने महिलाहरुको सहभागिता महिला सशक्तीकरण केन्द्र गठन गरिएको संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले जानकारी दिनु भयो । दार्चुलाको सीमावर्ती क्षेत्र जौलजीवि, दत्तु र धौलाकोटको तिग्रम टोलमा लगायतका सीमावर्ती समुदायमा महिला सशक्तीकरण केन्द्र गठन गरी महिला नेतृत्व क्षमता विकास गर्न लागिएको संकल्प दार्चुलाका कार्यक्रम संयोजक जोशीले बताउनु भयो ।
यस्तै व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटको तिग्रममा गठन गरिएको भूमिराज महिला सशक्तीकरण केन्द्रका अध्यक्ष नन्दा कुवँरका अनुसार पहिले र अहिलको महिलाहरुको अवस्था निकै परिवर्तन भएको छ ।
केहि बर्ष पहिलेसम्म अपरित व्यक्तिहरुसंग, आफू भन्दा ठुलाबडाहरुसंग बोल्न समेत आँट नगर्ने महिलाहरु अहिले विभिन्न योजनाहरु माग गर्न तथा समस्याहरुका बारेमा बताउन सक्ने क्षमताको विकास भएको भूमिराज महिला सशक्तीकरण केन्द्र तिग्रमका अध्यक्ष नन्दा कुवँरले बताउँनुभयो । सशक्तीकरण केन्द्र गठन पूर्व घरपरिवारबाट समेत असयोग हुने गरेकोमा पछिल्लो समय भने घरपरिवारबाट समेत समाजिक काम गर्न सहयोग मिल्ने गरेको उहाँले बताउँनुभयो । समुदायमा अड्किएका समस्याहरु समेत सम्बन्धित निकाय सम्म तथा स्थानीय सरकारलाई भन्ने सक्ने क्षमताको विकास भएको सशक्तिकरण केन्द्रमा आवद्ध महिलाहरुको भनाई छ । २०७४ मंसिर २४ गते स्थापना भएको भूमिराज महिला सशक्तीकरण केन्द्रका संगठित महिलाहरुमा अहिले आफ्ना अधिकार र कर्तब्यप्रति सचेत भएको साझेदार संस्था संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले बताउँनुभयो ।
यसैबिच नेपाल–भारत सीमा नाकामा नेपाली नागरिकहरुलाई आवतजावतमा समस्या हुने गरेको ब्यास ५ तिग्रमका महिलाहरुले बताएका छन् । व्याँस क्षेत्रका स्थानीयहरुले भारतबाटै सामान ढुवानी गर्नुपर्ने भएकाले भारतबाट समान ढुवानी गर्न समस्या हुने गरेको भूमिराज महिला सशक्तिकरण केन्द्र तिग्रमका सदस्य कलावँती कुवँरले बताउँनुभयो । तिग्रममा निर्माण भएकोे नेपाल–भारत जोड्ने तिग्रम झोलुङगे पुलमा आवत् आवत् तथा सामग्री ढुवानी गर्दा भारतीय सुरक्षाकर्मीले दुख दिने गरेकाले निकै समस्या हुने गरेको कुवँरको गुनासो छ । सीमा नाकामा भन्सार स्थापना गर्न सकिए नागरिकहरुलाई आवत् जावत् गर्न समेत सहज हुने स्थानीयहरुको भनाइ छ । भन्सार कार्यालय स्थापना नहुदा नेपालतिरको लाखौ राजश्व गुम्ने र भारतीय सुरक्षाकर्मीले समेत सामान ढुवानी गर्न नदिने भएकोले भन्सार स्थापना गर्नुपर्ने टट्कारो आवश्यकता रहेको स्थानीय नन्दा बलमे बताउँनुभयो । भारतसंग झोलुङगे पुलमार्फत जोडीएका खलंगा, दत्तु, जौलजीवि र तिग्रम र लालीमा नेपालीहरुलाइ यस्तै समस्या हुने गरेको छ । खलंगामा भन्सार शाखा कार्यालय भएपनि अरु नाकाहरुमा भन्सार स्थापना र पुर्नस्थापना हुन नसक्दा राजश्व घाटा र स्थानीयलाइ सास्ती हुने गरेको हो ।