शोकमग्न दार्चुला : जीप दुर्घटनामा ज्यान गुमाएकाको अन्त्येष्टि

प्रदेश सासंद, दुहुँ गाउँपालिका र यातायात समितिले क्रिर्या खर्च सहयोग गरे ।
प्रकाशित मिति : आइतवार, फाल्गुन १९, २०७५

दार्चुला। अकल्पनिय जीप दुर्घटनाका कारण दार्चुला जिल्ला शोकमा डुबेको छ । बिवाहको भोज खाएर घर जान हिडेर एकै परिवारका तीन जनाले घर नपुग्दै मृत्युवरण गरे । बेलुका छिट्टै घर फर्कीने बाचा गरेर नागरीकता बनाउँन सदरमुकाम आएका बाबु छोरीले कहिल्लै घर नफर्कने गरी संसार छोडे । बिबाह गरेको दुइ हप्ता नबित्दै माइती भेट्न हिडेकी छोरीले माइतीको आगनमा पाइला नटेक्दै अकालमै देह त्याग गरीन…… ।
एकै परिवारका तीन जनासम्म सदस्यले एउटै दुर्घटनामा ज्यान गुमाउदा आफन्तहरुको रुवावासी चलेको छ । कसैले कल्पनासम्म नगरेको दुर्घटनापछि देशवासी भावबिहल भएका छन् । शुक्रबार राती राताकाठा जीप दुर्घटनामा परि ११ जनाको एकै चिहान बन्न पुग्यो । कतिका बालबालिका टुहुरा भए, कतिका दर्जनौ सपनाहरु ध्वस्त भए, मृत्यु भएकाहरुको संसार त सकियो नै तर घर, परिवार, आफन्तले कहिल्लै बिर्षन नसक्ने अपुरणिय क्षति ब्यहोरेका छन् ।


दुर्घटनामा ज्यान गुमाएका सबैको जिल्ला अस्पताल दार्चुलामा पोस्टमार्टम गरेर शब आफन्तको जिम्मा लगाइएको छ । चार बर्ष पहिलेदेखी सञ्चालनमा आएको राताकाठा सडक खण्डमा पहिलो पटक जिल्लाले मानविय क्षती व्यहोरेको छ । पाँच सिट पास भएको जीपमा ११ जना यात्रु बोक्दा ओभरलोड हुनुका साथै उकालो जोखीमपुर्ण सडकका कारण उनिहरुले अकालमै ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ गइरहेको म १ ज २८० नम्बरको जीप दुर्घटनामा परि ७ जना महिला, ३ पुरुष र १ बालिकागरी ११ जनाको मृत्यु थियो । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरीका ५३ वर्षीया मानमती भट्ट, ७१ बर्षीया धाना बम, उनका बुहारी ४५ वर्षीया गौमती बम, नाती २४ वर्षीय धनबहादुर बम रहेका छन् । उनिहरु चार दिन पहिले महाकाली नगरपालिका ५ गल्फैमा आफन्तको बिबाहमा बाजागाजा लिएर आएका थिए । बिबाहको भोजन ग्रहण गरेर आफन्तहरुबाट बिदा भएका उनिहरु घर नपुग्दै सधैकालागि यो संसारबाट बिदा भएका छन् ।
यस्तै दुहुकै वडा नम्बर २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनकी १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, त्यसै ठाउँका ३५ वर्षीया परुली धामीले प्राण त्याग गरे । स्थानीय समाजसेवी बडाल छोरीको नागरीकता प्रमाणपत्र बनाउँन शुक्रबार बिहान मात्रै जिल्ला सदरमुकाम खलंगा आएर फर्कीएका थिए ।
यसैगरी दुहुँ गाउँपालिका वडा नम्बर ४ का ५५ वर्षीया अमरा बम, उनकी सात वर्षीया नातनी आयुषा बम तथा बुहारी माइती घर र्पुयाउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र बुहारी २१ वर्षीया स्नेहा बम चन्द रहेको प्रहरी निरीक्षक कठायतले बताउँनुभयो । बैतडीका चन्द आफन्तको बिबाह सकेर बुहारीको माइतीघर जादै गर्दा दुर्घटनामा परेका हुन् । यहि फागुन ५ गते संगै जीउने मर्ने बाचा गरेर बैतडीका दिपेन्द्र चन्दसंग धुमधामकासाथ बिबाह गरेका २१ बर्षीया चन्दले बिहे गरेको १० दिनमै यो संसारबाट बिदा लिएका छन् ।


मृतकका परिवारलाइ तत्काल क्रिर्या खर्च वाफत सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले ब्याक्तिगत रुपमा प्रति परिवार पाच हजार र दुहु गाउँपालिकाले समेत प्रति परिवार ५ हजार राहत उपलब्ध गराएका छन् । यस्तै महाकाली यातायात समितिले क्रिर्या खर्च बाफत प्रति परिवार ५० हजारका दरले ५ लाख ५० हजार रुपैया राहत रकम उपलब्ध गराएको छ । बिमा बाफतको रकम पछि प्रदान गर्ने गरी तत्काल क्रिर्या खर्च उपलब्ध गराइएको यातायात समितिले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक दीपकसिंह धामीको भारतमा उपचार भइरहेको छ । सोहि ठाउँमा केहि दिनअघि सुख्खा पहिरोमा परि एक जनाको मृत्यु भएको थियो ।
राताकाठा सडकखण्ड उकालो र जोखीमपुर्ण छ । पहिरो आएको कारण सडक सुधार भएको थिएन, प्रहरी प्रशासनले समेत यातायात सञ्चालनमा रोक लगाएको उक्त सडकमा, रातिको समयमा जीप चलाउँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । विगतमा राताकाठा क्षेत्रमा जीप सञ्चालनमा रोक समेत लगाइएको हो । प्रहरी निरीक्षक रबिन्द्र कठायतले भन्नुभयो, साँघुरो बाटो र ट्याक्टरका कारण सडक खाल्डाखुल्डी परेकोले जुनसुकै बेला दुर्घटना हुन सक्ने जोखीमपुर्ण सडकमा यातायात ब्यवासायिहरुले अटेर गरी जीप सञ्चालन गर्ने गरेका छन् ।
महाकाली कोरीडोर अन्तरगत दार्चुला टिंकर सडकखण्ड विसं २०६४÷०६५ साल देखि निर्माण शुरु भए पनि हालसम्म पूरा हुन सकेको छैन । दुहु र ब्यास गाउँपालिकाका हजारौ नागरीकले फाइदा लिने दार्चुला तिकंर सडकमा निर्माण व्यवसायीले समयमा काम नगरेकोका कारण स्थानीयवासी समस्यामा परेका छन् ।
यसैबिच दार्चुला जीप दुर्घटनामा ज्यान गुमाएकालाइ प्रधानमन्त्री केपी सर्मा ओली र नेकपा अध्यक्ष एबं पुर्वप्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्ड लगायत नेताहरुले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समबेदना ब्यक्त गर्नुभएको छ । दार्चुला जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद गणेशसिह ठगुन्ना र दिलेन्द्र प्रसाद बडूले समेत मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मृतकका परिवारलाइ उचित क्षतीपुर्तीको ब्यवस्था गर्न नेपाल सरकारसंग माग गरेका छन् । शोकाकुल परिवारजनमा समबेदना र घाइते जीप चालक दिपक धामीको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
तस्बिर ः शोकाकुल अवस्थामा जीप दुर्घटनामा ज्यान गुमाएकाका आफन्तजन ।