क्षेत्रिय पुरुष भलिवलको उपाधी बैतडीलाइ (फोटोफिचर)

प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५

दार्चुला । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारदेखी शुरु भएको क्षेत्रिय पुरुष भलिवल क्षेत्रिय छनोट प्रतियोगिताको उपाधी बैतडीले हात पारेको छ । दार्चुला सदरमुकामस्थित खुलामंचमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल प्रदेश स्तरीय पुरुष भलिवलको फाइनल प्रतिस्पर्धामा डोटीलाइ पराजित गर्दै बैतडी बिजयी भएको हो ।
डोटीसंगको फाइनल प्रतिस्पर्धामा बैतडी ३÷२ को सेटमा बिजयी भएको छ । यसअघि सेमिफाइनलमा डडेल्धुरालाइ पराजित गर्दै बैतडी र बझाङलाइ पराजित गर्दै डोटीले फाइनल प्रवेश गरेका थिए । फाइनलमा सुरुका दुई सेट डोटीले जितेपनि पछिल्ला तीन सेटमा लगातार जित हात पार्दै बैतडी बिजयी भएको हो ।


महिला भलिवब प्रतियोगिता यहि फागुन २३ गतेदेखी बझाङ जिल्लामा सञ्चालन हुने छ । राष्ट्रिय खेलकुदको पुर्वसन्ध्यामा प्रदेश स्तरीय छनोट चरणका खेलहरु बिधा अनुसार बिभिन्न जिल्लामा सञ्चालन भइरहेको सुदूरपश्चिमाञ्चल खेलकुद बिकास समिति सदस्य नितेस रिमालले जानकारी दिनुभयो ।

दार्चुला । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारदेखी शुरु भएको पुरुष भलिवल क्षेत्रिय छनोट प्रतियोगिताको उपाधी बैतडीले हात पारेको छ । दार्चुला सदरमुकामस्थित खुलामंचमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल प्रदेश स्तरीय पुरुष भलिवलको फाइनल प्रतिस्पर्धामा डोटीलाइ पराजित गर्दै बैतडी बिजयी भएको हो ।
डोटीसंगको फाइनल प्रतिस्पर्धामा बैतडी ३÷२ को सेटमा बिजयी भएको छ । यसअघि सेमिफाइनलमा डडेल्धुरालाइ पराजित गर्दै बैतडी र बझाङलाइ पराजित गर्दै डोटीले फाइनल प्रवेश गरेका थिए । फाइनलमा सुरुका दुई सेट डोटीले जितेपनि पछिल्ला तीन सेटमा लगातार जित हात पार्दै बैतडी बिजयी भएको हो ।
सुदूरपश्चिमका नौ ओटै जिल्लाको सहभागिता रहेको उक्त प्रतियोगितामा डोटी द्धित्तिय तथा बझाङ र डडेल्धुरा तृत्तीय भएका हुन् । दार्चुलाले भने सुरुवाती खेलहरुमै खराब प्रदर्शन गरेको थियो । १७ वर्ष पछि पहिलो पटक दार्चुलामा आयोजना गरिएको सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता हेर्न सयौको संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।
महिला भलिवब प्रतियोगिता यहि फागुन २३ गतेदेखी बझाङ जिल्लामा सञ्चालन हुने छ । बझाङमा हुने महिला भलिवलको क्षेत्रीय छनोट खेलमा सहभागि हुने दार्चुलाका महिला खेलाडी र प्रशिक्षकलाइ मंगलबार नै बिदाइ गरिएको छ । बिदाइ भएर खेलाडी र प्रशिक्षक आजै बझाङ प्रस्तान गरेको जिल्ला खेलकुद बिकास समिति अध्यक्ष नारायण दहालले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुदको पुर्वसन्ध्यामा प्रदेश स्तरीय छनोट चरणका खेलहरु बिधा अनुसार बिभिन्न जिल्लामा सञ्चालन भइरहेको सुदूरपश्चिमाञ्चल खेलकुद बिकास समिति सदस्य नितेस रिमालले बताउँनुभयो ।
यसैबिच दार्चुलामा सञ्चालीत पुरुष भलिबलको फाइनल खेल सम्पन्न भएपछि रेफ्रि र खेलाडीहरुबिच बिबाद भएको छ । डोटीका खेलाडीहरुले राष्ट्यि रेफ्री कर्ण बहादुर कठायतलाइ एकाएक हातपात गर्न खोजेपछि स्थिति तनावपुर्ण भएको थियो । प्रहरीले दुबै पक्षलाइ नियन्त्रणमा लिएपछि स्थिति सामान्य बनेको थियो ।
पछि एम्पायरले खेलाडीले आफुलाइ आक्रमण गर्न खोजेको भन्दै गुनासो गरेपछि दुबै पक्षलाइ आवश्यक छलफलकालागि जिल्ला प्रहरी कार्यालय दार्चुला लगिएको छ ।