कलाकार शिसिर योगीको प्रस्तुती हेर्नेको घुइचो

प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५

दार्चुला । चर्चीत राष्टि्य कलाकार शिसिर योगीले दार्चुला महोत्सबमा सहभागि भएर प्रस्तुती राखेसंगै दर्शकहरुको उपस्थिति उल्लेख्य संख्यामा बृद्धि भएको छ । महाशिवरात्रीको अवसरमा खलंगामा आयोजित महोत्सबको दोस्रो दिन योगीले आधा दर्जन गित प्रस्तुत गर्नुभएको हो ।
राष्ट्भक्तिदेखी माया पिरतीका गीत गाउँने शिसिर योगीले चर्चीत नया पुराना भाकाहरु सुनाएर श्रोता दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिलाएका हुन् । दाङ जिल्लामा जन्मिएका योगी उमेरले बुढो देखीएपनि रमाइलो र मिजासिलो पारामा राष्ट्प्रेमले ओतप्रोत भएका भाकाहरु गाउँन खप्पीस भएकै कारण राष्ट्यि तथा अन्तरराष्ट्यि चर्चा कमाउन सफल भएका छन् ।
उहाँले मंगलबार खुलामंचमा यो देशले एउटा मान्छे खोजिरहेछ, बोल्ने कोइछैन, हास्नलाइ ओठा खोले, तोइजसी भेटेन मुइले, पसिना बगाउँ अब रगत बगेर गैसक्यो लगायत भाकाका चर्चीत गीतहरु प्रस्तुत गर्नुभएको थियो । खासगरी राष्ट्भक्तिका गीतहरु प्रस्तुत गरेका योगीको सबैले तारीफ गरेका छन् ।
यसैबिच महोत्सबमा एक दर्जनबढी स्थानीय कलाकारले गाएर, नाचेर, हसाएर आफ्नो प्रस्तुती राख्दै महोत्सबलाइ बिशेष बनाएका थिए । कार्यक्रमको समापन गर्दै नगरप्रमुख हंशराज भट्टले अगामी दिनमा समेत संस्कृति संरक्षणकालागि यस्ता कार्यक्रमलाइ निरन्तरता दिदै जाने बताउँनुभएको छ ।