महिला भलिवलको उपाधी वडा नम्बर ४ लाई

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४, २०७५

दार्चुला । महिला दिवसको अवसरमा मालिकार्जुन गाउँपालिकामा आयोजना भएको वडा स्तरीय महिला भलिवल प्रतियोगिताको उपाधी वडा नम्बर चारले हात पारेको छ । बिहिबारदेखी शुरु भएको भलिवल प्रतियोगिता शुक्रबार बेलुकी सम्पन्न भएको हो ।
मालिकार्जुन गाउँपालिकाका ८ ओटै वडाका महिला टिमको सहभागिता रहेको भलिवल प्रतियोगितामा वडा नम्बर पाचको टिम द्धितिय र वडा नम्बर तीनको टिम तृतिय भएका छन् ।

महिलाहरुमा खेलप्रतिको भावना जागृत गराउँनुको साथै क्षमता बिकास होस भन्ने उदेश्यले प्रतिस्पधात्मक भलिवल प्रतियोगिताको आयोजना गरीएको गाउँपालिकाको महिला तथा वालवालिका शाखाले जनाएको छ ।
भलिवलको उद्घाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य मान बहादुर धामीले गर्नुभएको थियो ।