सार्वजनिक स्थानमा जुवातास, नगरपालिका र प्रशासनकै संरक्षण रहेकाे आरोप

प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५

दार्चुला । मदिरा र जुवातासले हाम्रो समाज असभ्य बन्दै गएको छ । जुवा खेल्ने र मदिरा सेवन गर्नेहरुलाइ थुप्रै गम्भीर असर त परेका छन्, नै, नखेल्ने, नपिउँने तथा खेल्न र पिउँन नजान्नेहरुलाइ समेत मनोबैज्ञानिक असर परेको छ ।
बिभिन्न मेला, महोत्सब, जात्रा, बिवाह, ब्रतबन्ध लगायत सार्वजनिक काममा सार्वजनिक ठाउँमै खुलेयाम जुवातास खेल्ने, खेलाउने र मदिरा सेवन तथा बिक्रितिरण गर्ने गरेको पाइन्छ । खेल्ने र पिउनेमा बालकदेखी बृद्ध अनि बौद्धिक बर्ग सबैको जमात सहभागि देखीन्छ । महाशिवरात्रीको अवसरमा फागुन २० गतेदेखी शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा ऐतिहासीक ब्यापारीक मेला लागेको छ । मेलामा मदिरा सेवन र जुवातास खेल्ने खेलाउने जस्ता असमाजिक गतिबिधिका कारण शारीरिक, आर्थिक, मानसिक, पारिवारीक, धार्मीक, सास्कृतिक लगायतका थुप्रै क्षती एबं समस्याहरु र बालकदेखी सबै बर्गका मानिसहरुको मनोबिज्ञानमा नकारात्मक असर परेको छ ।

यसैबिच गोकुलेश्वर मेलामा सार्वजनिक स्थलमा खुलेयाम जुवातास खेलाउदा नराम्रो शन्देश गएको भन्दै समाजिक सञ्जालमा आलोचना भइरहेको छ । बाल अभियान्ता जिज्ञासु खत्रीले समाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, शिवरात्रीको अवशरमा शैल्यशिखर न.पा.९ गोकुलेश्वरमा लाग्ने मेलामा खुल्ला ठाउ (मैदान) मा ३÷४ ठाउमा लङ्गुरबुर्जा खेलाइरहेको पाए, सार्वजनिक ठाउमा खेलाउन पाइदैन, यसलाइ बन्द गर्नुहोस भनेर भन्दा उल्टै झम्टन आए, प्रहरीलाई खबर गर्दा,’नगरपालिकाले अनुमती दिएर कर उठाएर संचालन भैरहेको र यसमा हामी केही गर्न नसक्ने’ बताउनु भयो। मेलाको समयमा नगरपालिकाले यस्ता गलत गतिविधि गर्न दिनु नपर्ने हो। नगरपालिकाले नै अनुमती दिइसके पछि यसमा मैले के नै गर्न सक्छु? प्रहरी प्रशासनले के नै गर्न सक्छ? सास्कृतिक महोत्सव गर्नका लागि अनुमती नदिने नगरपालिकाले जुवा खेलाउन भने अनुमती दिएछ, धेरै बोल्न मन लागेन। खत्रीले राखेको यो पोष्ट धेरैले साझा गर्दै समर्थन जनाउँदै जुवातास बन्द हुनुपर्ने धारणा राखेका छन् ।
यस्तै स्थानीय रामदत्त बिष्टले भनेका छन्, शैल्यशिखर नगरपालिकाले सस्कृतिक महोत्सब लगाउन नदिएको तर लग्गुर बुर्जा लगायत बिभिन्न अन्यपनी जुवाहरु खेल्न कार्ड दिएर अनुमती दिएको छ । हामिहरुले प्रहरीलाई सोध्दा नगरपालिकाले कार्ड दिएरै अनुमती दिएकोले हामिले केही गर्न नसक्ने भन्ने जवाफ प्रहरी प्रशासन बाट आएको थियो । गएका बर्षहरु मा लग्गुरबुर्जा खेलाउन प्रतिबन्ध भए पनि यो बर्ष भने नगर्पा्लिकाले कार्ड सहित अनुमती दिएको छ तर हरेक बर्ष लाग्ने सस्कृतिक महोत्सव भने न पा ले गर्न दिएन ।
यो प्रतिनिधिमुलक आवाज मात्रै हुन, सास्कृतिक कार्यक्रम गर्न दिएन भन्नु फरक बिषय हो, तर उनिहरुले भनेजस्तै नगरपालिका र प्रहरीकै संरक्षणमा बालबालिकासमेतको प्रयोग गरी जुवातास खेलाउँनु राम्रो भने पक्कै होइन । समाज परिवर्तन र आर्थिक समाजिक रुपान्तरण गर्ने शंकल्प गरेका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको यो बिषयमा गम्भीर ध्यानआकर्षण हुनु जरुरी रहेको छ ।