सासंद बोहरा ५१ बर्षको उमेरमा बैबाहिक जीवनमा बाधिँए

प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५

दार्चुला। दार्चुलाबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित सासंद गेल्बु सिंह बोहरा ५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिनुभएको छ । लामो समयदेखी समाजिक क्षेत्रमा क्रिर्यासिल भइ २०७४ मंसिर १० गते सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहराले शनिबार दार्चुलाकै सुनिता तिकंरीसंग बिबाह गरेका हुन् ।
सौका समुदायमा जन्मिएका प्रदेशसभा सदस्य बोहरा र तिङ्करीको आज कञ्चनपुरको भीमदत्त नगरपालिकाको तिलाचौरमा रहेको विष्णु मन्दिरमा हिन्दु परम्परा अनुसार विवाह भएको छ । स्व.रायमल बोहरा र विरामदेवी बोहराको कान्छो पुत्रका रुपमा २०२४ सालमा जन्मिएका बोहराले परिवारकै सल्लाहमा बिबाह गरेको बताउँनुभयो ।
लामो समय समाजिक काममा क्रिर्यासिल बोहरा २०७० सालदेखी सक्रिय राजनीतिमा लाग्नुभएको हो । तत्कालीन नेकपा एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका बोहराले प्रबिणता प्रमाणपत्र तहसम्मको अद्ययन गर्नुभएको छ । सामाजिक अभियान्ताको रुपमा परिचित बोहराले करिब २० वर्ष सम्म विद्युत प्राधिकरणमा जागिर गर्नुभएको थियो । साथै दार्चुला उद्योग वाणिज्य संघको द्धितिय उपाध्यक्ष भएर समेत काम गरीसक्नुभएको छ ।
उहाँसँग वैवाहिक जीवनमा बाँधिएकी सुनिता तिङ्करीले पनि दार्चुलाबाटै एसएलसी सम्मको अध्ययन गर्नुभएको छ ।