टेक्टरको ठक्करबाट निर्माण बुढाथोकी गम्भीर घाइते

प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५

दार्चुला । महाकाली नगरपालिका ५ गल्फै बजारमा टेक्टरको ठक्करबाट ५ बर्षीय बालक निर्माण बुढाथोकी गम्भीर घाइते भएका छन् ।
शनिबार दिउँसो गल्फैस्थित जिल्ला अस्पतालको पछाडिको पुरानो सडकमा दाउरा बोकेको से १ च ३९६१ नम्बरको टेक्टरसंग ठोकीदा बुढोथोकी गम्भीर घाइते भएका हुन् ।
घाइते बुढाथोकीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भब नभएपछि भारतको पिथौरागढ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहोराले जाानकारी दिनुभयो । घाइते बालको टाउको र पेटमा चोट लागेको छ ।