नेपाल-भारत मैत्री भवन महेन्द्र माबिलाइ हस्तान्तरण (फोटोफिचर)

प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५

दार्चुला । महाकाली नगरपालिका ४ खलंगास्थित महेन्द्र नमुना माबिमा भारतीय राजदुतावासको सहयोगमा निर्मित नेपाल भारत मैत्री भवन एक औपचारीक कार्यक्रमकाबिच बिद्यालयलाइ हस्तान्तरण गरिएको छ । जिल्लामै सबैभन्दा बढी बिद्यार्थीको चाप रहेको माबि खलंगामा २०७१ साल चैत्र १७ गते सम्झौता भइ २०७४ साल पुस महिनामा निर्माण सम्पन्न भएको तीन तले भवन शनिबार बिद्यालयलाइ हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्कीको अध्यक्षता एबं भारतीय राजदुतावासका प्रतिनिधि बेद प्रकाशको प्रमुख आतिथ्यतामा नेपाल भारत मैत्री भवन हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति प्रमख कार्कीले बिद्यालय व्यवस्थान समिति अध्यक्ष पुस्करराज जोशीलाइ भवन हस्तान्तरण गर्नुभएको हो ।
विद्यार्थीको चापलाई मध्यनजर गर्दै नेपाल भारत दुबै सरकारको ३ करोड १७ लाख ८४ हजार आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको छ । २०७१ साल चैत्र १७ गते पृथ्बी यमुना जेभी सुकेधारा काठमान्डौसंग सम्झौता भएर निर्माण भएको भवनमा नेपाल सरकारको भ्याटबाफतको ३६ लाख ५६ हजार रुपैँया र भारतीय सरकारको २ करोड ८१ लाख २७ हजार लगानी रहेको छ ।
१३ ओटा कक्षाकोठा, एउटा साझा हल र १८ ओटा शौचालय रहेको उक्त भवन निमार्ण सम्पन्न भएपछि कक्षाकोठाको समस्या केहि हदसम्म समाधान भएको बिद्यालयका प्रद्यानाद्यापक रामदत्त जोशीले बताउँनुभयो ।

अझैपनि बिद्यालयमा बिद्यार्थीको चाप अनुसार कक्षाकोठा अभाब रहेकोले थप सहयोगकालागि भारतीय दुतावासलाइ अनुरोधपत्र समेत पेश गरेको उहाँले बताउँनुभयो । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पुस्करराज जोशीले भवन निर्माणमा गरेको सहयोगप्रति कृतज्ञता ब्यक्त गर्दै निरन्तर सहयोगको अनुरोध सहित भारतीय राजदुताबासका प्रतिनिधि बेद प्रकाशमार्फत राजदुतावासका सचिबलाइ अनुरोध पत्र हस्तान्तरण गर्नुभएको हो ।
झण्डै दुई हजार बिद्यार्थी रहेको महेन्द्र नमुना माबिको उक्त भवन २०७२ साल बैसाख ३ गते नेपालकालागी तत्कालीन भारतीय राजदुत रणजित रायले सिलन्यास गर्नुभएको थियो ।


सहयोगकालागि धन्यबाद, निरन्तर सहयोगको अपेक्षा, प्रगतिको कामना
नेपाल भारत मैत्री भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि भारतीय राजदुतावासका प्रतिनिधि बेद प्रकाशले महेन्द्र नमुना माबिको उत्तरोउत्तर प्रगतिको कामना गर्नुभएको छ । भवन हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले बिद्यालयप्रति शिक्षक बिद्यार्थीको राम्रो आकर्षण देखीएकोले अगामी दिनमा बिज्ञान प्रबिधिको क्षेत्रमा समेत सुधार होस भन्ने सुभकामना दिनुभयो । बिद्यार्थी संख्या निकै शन्तोषजनक रहेकोले गुणस्तर सुधारमा ध्यान दिन सुझाब प्रकाशले दिनुभयो । स्थानीय सरकारहरुले समेत शैक्षिक क्षेत्रको बिकास र सुधारमा भुमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्कीले नेपाल भारत सम्बन्ध बिगतदेखी नै सुमधुर रहेको र एक आपसमा सहयोग आदानप्रदान भएको बिषयलाइ स्मरण गर्दै बिद्यालय भवन निर्माणमा गरेको सहयागकालागि कृतज्ञता ब्यक्त गर्नुभयो । महाकाली नगरप्रमुख हंशराज भट्टले भारत सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोग स्मरणिय रहेको बताउँदै धन्यबाद दिनुभयो ।
कार्यक्रमका बक्ताहरुले महेन्द्र नमुना माबिलाइ भवन निर्माणमा सहयोग गर्ने भारत सरकार र राजदुतावासलाइ धन्यबाद ज्ञापन गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले सदियौदेखी नेपाल भारत सम्बन्धी सुमधुर र सहयोगी रहेको भन्दै निरन्तरताको शुभकामना ब्यक्त गर्नुभयो । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष पुस्करराज जोशीले बिद्यालयलाइ अझै थुप्रै कुराहरुको आवश्यकता रहेको स्मरण गराउँदै निरन्तर सहयोगको अपेक्षा राख्नुभयो । भारतीय राजदुताबासका प्रतिनिधि बेद प्रकासले नवनिर्मित भवनको निरिक्षण समेत गर्नुभएको छ ।