ग्रेडर मेसिनको ठक्करबाट बिद्यार्थीको मृत्यु, आफन्त र बिद्यार्थी आन्दोलित

प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५

कृष्ण बिष्ट, बैतडी । बैतडीको पाटन नगरपालिका २ थलकुडामा शनिबार साँझ ग्रेडर मेसिनको ठक्करबाट एक जना बिद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भिमदत्त पोलीटेक्नीकल इन्सच्युट पाटनमा बाली बिज्ञान प्रथम वर्षमा अध्यानरत पाटन २ थलकुडाका १९ वर्षीय पुर्णनन्द भट्ट रहेका छन् ।
सडकमा हिड्दै गरेका बिद्यार्थी भट्टको पाटन बजार देखि एयरर्र्पोट तर्फ जादै गरेको ग्रेडर मेसिनको ठक्करबाट मृत्यु भएपछि आफन्त र बिद्यार्थी आन्दोलीत भएका छन् । उनिहरुले दोसीलाई पक्राउ गरी छानबिन तथा कार्वाही र उचित क्षतिपुर्तीको माग गरेका छन् ।
मृतकका आफन्त र बिद्यार्थीले आइतबार बिहानै देखि पाटन बजारमा टायर जलाएर सावारी साधन समेत चल्न दिएका छैनन । आफन्तले शव समेत बुझ्न नमानेका स्थानीय कृष्ण बिष्टले जानकारी दिनुभयो ।
ग्रेडर मेसिन चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।