गोबिन्द डडालका तीन मुक्तक

दार्चुला, पोखरा र इलामका कुरा
प्रकाशित मिति : आइतवार, चैत्र ३, २०७५

अपी र नाम्पा दन्ते लहर देखाइ, मुसुमुसु हासेका छन् ।
छलिया नाचमा कम्मर कसी, दिनरात नाचेका छन् ।।
उकाली ओराली यात्रा गर्छन, जीवन यसै चलेको छ ।
दुई रुपियामा यार्सा बेची, दुई छाक टारी बाचेका छन् ।।

*** *** ***

घरहरु देख्ने गर्छु नदी नदीका, छालमा कठै ।
माझी दाइले माछा मार्छ बल्छी धागोको, जालमा कठै ।।
बराह मन्दिर दर्शन आहा ! महेन्द्र गुफा यसै ठाउँको ।
माछापुच्छ्र्रेको अनुहार देखिन्छ उहीँ, फेवातालमा कठै ।।

*** *** ***

मैले आँखा जुधाउँदा खेरी तिमी देखिनु, नारीमा प्यारी ।
गुन्यू चोली फिक्का लाग्छ केवल रातो, सारीमा प्यारी ।।
डोलीको सट्टा घोडामा चढाउला, पिर नगर अब पृया ।
भेट्न मात्र आइदेउ क्यारे! इलाम, चियाबारीमा प्यारी ।।

*** *** ***