‘म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ’ : आरजु देउवा

प्रकाशित मिति : आइतवार, चैत्र ३, २०७५

नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले प्रतिनिधी सभाको निर्वाचनमा पराजय भोगेपनि जनताको दैलो पटक पटक धाउने बताएकी छन् ।

शनिबार धनगढी उप–महानगरपालिका वडा नं १२ मा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा बोल्दै नेतृ देउवाले निर्वाचन हारेपछि पनि आफु पटक पटक धनगढीका विभिन्न वडामा पुगि रहेको बताइन् ।

‘म यहाँहरुको सेवा गर्ने भनेर राजनीति आएकी हुँ’ नेतृ देउवाले भनिन्– ‘मैले चुनाव हारेपनि करोडौंका योजना मेरो निर्वाचन क्षेत्रमा हालेकी छु । उनले कैलाली क्षेत्र नं ५ का बासिन्दा्प्रति आफू सधै आभारी भएको बताउदै भनिन्–तर घर भित्रको झगडा सधै खतरनाक हुन्छ त्यस बारेमा सबैले सजक हुनुपर्छ ।

नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले नेपाली कांग्रेसले गरेका राम्रा काम समेत कार्यकर्ताहरुले जनतामा लैजान नसकेको बताए । सबै भन्दा ठूलो संगठन हो सभापती शाहले भने–त्यस कारण संगठन बलियो बनाउनका लागि क्रियाशिल सदस्यता वितरण महाअभियान कांग्रेसले थालेको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले यहाँका प्रदेश र प्रतिनिधिसभाका माननीयहरुसंग विकास निर्माणका काम गर्ने कुरामा प्रतिसपर्धा गर्न चुनौती दिए । यस निर्वाचान क्षेत्रबाट चुनाव जित्नु भएका सांसदले गरेको काम र हामीले गरेको काममा तुलना गर्नु होस नगरप्रमुख वडले भने कसले कति काम गरेको रहेछ । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरण महाअभियान अन्तरगत वडा नं ९, १० र १२ मा कार्यक्रम आयोजना गरेको थियो