अत्तरियामा सवारी दुर्घटनाः एक जनाको मृत्यु

प्रकाशित मिति : आइतवार, चैत्र ३, २०७५

धुर्ब ओझा, अत्तरिया ।

कैलालीको अत्तरियामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । अत्तरिया स्थित महेन्द्रनगररोड गोदावरी पुल नजिकै शनिवार राती करिव ९ः३० बजेतिर भएको सवारी दुर्घटनामा गोदावरी नगरपालीका ३ मालीकाटोल बस्ने २७ बर्षिय अनुप साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अत्तरियाबाट महेन्द्रनगर तिर जादै गरेको से १ च २०९४ नम्बरको स्कारपियोले उनलाई ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै मृतक साउदलाई उपचारकालागि पद्मा अस्पतालमा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई भारतको बरेलि रिफर गरिएको थियो । बरेली लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सवारी र सवारी चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

शनिबारनै गोदावरी नगरपालीका वडा नम्बर ४ मा मृत भेटिएका पुरुषको हत्या भएको पुष्टि भएपनि अहिले सम्म सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार अन्दाजी ४०र४५ बर्षका मृतकले निलो जिन्स पाईन्ट, कालो खैरो ज्याकेट लगाएका छन् ।

शव सेती अञ्चल अस्पतामा राखिएको छ। पछिल्लो समयमा सुदुरपश्चिमको प्रदेश राजधानी अत्तरिया क्षेत्रमा बिभिन्न दुर्घटनाहरु बढदै गईरहेका छन् । बजार क्षेत्रमै यस्ता दुर्घटनाहरु बढदै गएपछी स्थानियहरु पनि त्रसित भएका छन् ।

अत्तरियामा ईलाका प्रहरी कार्यालय र सुदुरपश्चिम प्रदेशको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय रहेका छन् । शान्ती सुरक्षा र थप घटना हुन नदिन सुरक्षा सतर्कता बढाईने र स्थानियलाई सुरक्षा दिन प्रहरी लागिपरेको प्रहरीको भनाई छ ।