राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता बैशाख ५ गतेदेखी मार्मामा हुने

प्रकाशित मिति : सोमवार, चैत्र ४, २०७५

दार्चुला । जिल्ला स्तरीय राष्ट्पती रनिङ सिल्ड प्रतियोगिता बैशाख ५ गतेदेखी ९ गतेसम्म मार्मा गाउँपालिकाको लटिनाथ माबिमा संचालन हुने भएको छ । सोमबार राष्टपती रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रतियोगिता सञ्चालनकालागि युवा तथा खेलकुद मन्त्रालयलाइ आर्थिक प्रस्ताव पेश गर्ने निर्णय भएको जिल्ला खेलकुद समिति उपाध्यक्ष श्यामसिह सिनालले जानकारी दिनुभयो । मन्त्रालयबाट प्राप्त बजेट अनुदानपछि नपुग भएको रकम परिपुर्ती गर्न जिल्लाका ९ ओटै स्थानीय तहलाइ आर्थिक सहयोगकालागि अनुरोध गर्ने निर्णय भएको सिनालले बताउँनुभयो । जिल्ला स्तरीय राष्टपती रनिङ सिल्डमा सहभागि खेलाडीहरु छनोट गर्नकालागि यहि चैत्र २५ गतेदेखी ३० गतेसम्म पालीकास्तरीय प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरीएको छ ।
राष्ट्पती रनिङ सिल्ड प्रतियोगितामा प्रतियोगिता सञ्चालन निर्देशिका अनुसार मात्रै बिद्यार्थीलाइ सहभागि गराउँन बिद्यालयहरुलाइ जानकारी गराइदिन जिल्ला शिक्षा तथा समन्वय इकाइ दार्चुलालाइ अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
राष्ट्पती रनिङ सिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका जिल्लास्थित नौँ ओटै पालिकालाइ पठाउँने र सोहि निर्देशिका अनुसार प्रतियोगिता सञ्चालन गर्न गराउँन बैठकले अनुरोध गरेको छ ।
उक्त बैठकमा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, बिभिन्न स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरु, खेलकुद बिकास समिति पदाधिकारी, सञ्चारकर्मीका साथै सरोकारवालाहरुको सहभागिता रहेको थियो ।